शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालमा श्रमिक लक्षित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह

शुक्रबार, १६ चैत २०८०, १६ : ००
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको छ । श्रम मन्त्रालयले आन्तरिक तथा बाह्य रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरूमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो ।

श्रमिकहरूमा स्वास्थ्य सम्बन्धी चेतनाको अभाव छ । फलस्वरुप श्रमिकहरू गम्भीर प्रकृतिका स्वास्थ्य समस्याबाट गुज्रिन रहेका छन् । त्यस्तै दुर्घटनाका कारण पनि श्रमिकहरू स्वास्थ्य सङ्कटमा परेका छन् । तसर्थ श्रमिकको शीघ्र स्वास्थ्य उपचारका लागि श्रमिक समर्पित बडको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको श्रममन्त्री डोलप्रसाद आर्यलले बताए ।

मन्त्रालयले विशेष गरी औद्योगिक कोरिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्राम भएका क्षेत्रहरूमा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको  अस्पतालमा, स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालहरूमा श्रमिक समर्पित बेडको व्यवस्था गर्न आग्रह गरिएको हो । अस्पतालको बेड क्षमताका आधारमा निश्चित सङ्ख्यामा बेडहरू छुट्याई दिन मन्त्रालयले आग्रह गरेको हो ।

त्यस्तै, मन्त्रालय अन्तर्गतका प्रतिष्ठान र अस्पतालहरूमा श्रमिक हेल्प डेस्क समेत राख्न आग्रह गरिएको छ । श्रमिकहरूलाई प्राथमिकता दिई स्वास्थ्य सुविधा उपलब्ध गराउन तथा विदेशबाट रोग लागी उपचार गर्न फर्किएका श्रमिकहरूलाई उपचार लगायतका विषयहरूमा सूचना एवं परामर्श दिनका लागि सहयोग कक्ष राख्न आग्रह गरिएको हो । अस्पतालमा उपयुक्त जनशक्ति सहितको एक स्वास्थ्य परामर्श इकाई स्थापना गर्न समेत आग्रह गरिएको छ ।

नेपालमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा गरी करिब ७० लाख श्रमिकहरू कार्यरत छन् । यसका साथै वार्षिक सात लाख भन्दा बढी सङ्ख्यामा श्रमिकहरू वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप