बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक चैत १९ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले चैत्र १९ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रस्तावमा सभामुख पाठकले प्रदेशसभा बैठकको समय निर्धारण गरेका हुन् । उक्त बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ ।
प्रदेशसभाको बैठक बस्नु पूर्वसभामुख पाठकले कार्य व्यवस्था परामर्श समितिको समेत आह्वान गरेका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठक चैत्र १८ गते आइतबार दिउँसो ३ बजे बस्ने तय भएको छ ।
मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव र अन्य विषयहरूका विषयमा छलफल गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको हो ।
११० बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेलको सरकार टिकाउन ५६ सांसदको मत आवश्यक रहन्छ । बदलिएको सत्ता समीकरणका कारण मुख्यमन्त्री जम्कट्टेल अंक गणितीय हिसाबमा बहुमतमा रहेका छन् । मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारलाई माओवादी केन्द्रका २१, एमालेका २७ (उपसभामुखसहित), एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ । सो दलहरू जम्कट्टेल नेतृत्वको सरकारमा एमाले बाहेकका सहभागी भइसकेको छ ।
प्रदेशसभाका सबैभन्दा ठुलो दल कांग्रेस, नेकमीपा र राप्रपा भने मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा देखिने भएका छन् । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ (सभामुखसहित) र नेमकीपाको ३ सांसद रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण