‘इलामबाट रास्वपाको एक सिट थपेर २२ पुग्छ’
इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले २०८४ सालको चुनावमा १५० सिट जित्ने लक्ष्य लिएको बताएका छन् । शनिबार इलाम क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले इलामबाट रास्वपाले एक सिट थपेर २२ पुग्ने बताएका हुन् ।
उनले इलाममा आएको कम्पनले सिङ्गो नेपाल र विश्वभरि छरिएका नेपालीमा उत्साहको कम्पन आउने दाबी गरे । वाग्लेले इलाममा उत्पादन हुने अलैँची लगायतका कृषि उत्पादन वृद्धि र व्यापार बढाउनका लागि धेरै काम गर्ने उल्लेख गरे ।
उनले पार्टीले उदार अर्थनीति अँगालेको बताउँदै शक्ति पृथकीकरणको सिद्धान्तमा पार्टीले विश्वास गर्ने र पार्टी सङ्घीयता विरोधी नरहेको बताए । वाग्लेले उम्मेदवार मिलन लिम्बु स्थानीयबासी भएकोले सो ठाउँ बुझेको मान्छे भएकोले पार्टीले सहर्ष रूपमा उम्मेदवार स्वीकार गरेको बताए । स्थानीयको मन जितेर मतमा रूपान्तर गर्न सिङ्गो पार्टी नै होमिने वाग्लेले बताए ।
उनले रास्वपाले सुसंस्कृत राजनीतिको अभ्यास गरिरहेको बताउँदै चौतारोमा बसेर विपक्षी पार्टीहरूलाई धारे हात लगाउने राजनीति नगर्ने बताए ।
उनले भने–‘मङ्सिरमा रवि लामिछानेले ५ महिनाभन्दा कम समयको तयारीमा २० जना सांसदहरूलाई जिताएर सङ्घीय संसद्मा लैजानुभयो । प्राय हाम्रा निर्वाचित धेरै सदस्य बागमती प्रदेशबाट हुनुहुन्थ्यो । तनहुँमा निर्वाचित भएर हामीले गण्डकी प्रदेशमा खाता खोलेका थियौँ । अब पूर्वबाट पनि मिलन योङहाङ लिम्बुलाई जिताएर हामी खाता खोल्दै अगाडि बढ्छौँ ।’
उनले रास्वपा बहुलवादी लोकतान्त्रिक पार्टी भएको र लोकतान्त्रिक शक्ति रहेको उल्लेख गरे । वाग्लेले रास्वपाले कहिले पनि निषेधको राजनीति नगर्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माउन्ट एल्ब्रसको शिखरमा नेपाली स्पेशालिटी कफी, दाबुटी शेर्पाले गरिन् विश्वसामु प्रवर्द्धन
-
आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने मन्त्री वादीको घोषणा
-
प्रतिशतमा घटे पनि शिक्षा र खेलकुदको बजेट गत वर्षभन्दा ७ अर्ब बढी : मन्त्री पोखरेल
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्ने विधेयक पेस
-
किभमा रुसी आक्रमणमा मर्नेको संख्या १२ पुग्यो
-
रास्वपासँग पद खोजेको होइन, विकास र समृद्धिको एजेन्डा साकार पार्न सहयोग गरेको हो : डा. भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण