मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तु महाराजगन्ज–२ का वडाध्यक्ष  अख्तियारको फन्दामा

आइतबार, १८ चैत २०८०, १२ : ३३
आइतबार, १८ चैत २०८०

बुटवल  । अख्तियार दुरुपयोग अनुसन्धान आयोग  बुटवलले कपिलवस्तुमा एक जना  वडाध्यक्षलाई  नियन्त्रणमा लिएको  छ।

कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा  पास गर्ने नाममा  घुस लिएको आरोपमा कार्यालयबाट नै नियन्त्रणमा लिएको  हो । 

अख्तियार बुटवल सूचना अधिकारी एवं  उपसचिव  ईश्वरी  प्रसाद आचार्यले १५ हजार  नगदसहित नियन्त्रणमा लिएको रातोपाटीलाई बताए । उनले  भने -'अख्तियारको टोलीले उनलाई बुटवल ल्याउँदै छ। त्यसपछि  थप अनुसन्धान प्रक्रिया बढ्छ। '

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप