नेपालमा भारतीय ट्रकको ‘सिन्डिकेट’ चल्दा पनि सरकार मौन बस्यो : सांसद पन्त (भिडियोसहित)
काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले २० हजार ट्रकले काम नपाउँदा पनि सरकार मौन बसेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ट्रकसँग आबद्ध ८० हजारभन्दा बढी कामदारले काम पाउन छाडेको बताए ।
नेपालमा भारतीय ट्रकको ‘सिन्डिकेट’ चलेको उनले बताए । ‘भारतमा नेपाली ट्रकले निर्बाध अनुमति पाउँदैनन् । नेपालमा भारतीय ट्रकलाई अनुमति दिनु कति उपयुक्त हो ?,’ उनको प्रश्न छ,‘ हाम्रो देशभित्र आउँदा भारतीय ट्रक ७२ घण्टा बस्न पाउँछन् । तीन दिनमा यहाँ आउने मात्रै होइन, समान लोड गरेर भारत पठाउन थाले । सरकारले समात्यो भने तुरुन्त दूतावासको फोन आउँछ र छुटाउँछ।’
नेपाली ट्रकले ढुवानीमा सरकारलाई भ्याट बुझाउने गरेको भन्दै भारतीय ट्रकले नेपाल प्रवेश गर्दा ट्याक्स नतिरेको सांसद पन्तको दाबी छ । भारतीय ट्रकले नियम उल्लङ्घन गर्दा पनि प्रहरी प्रशासनले नदेखेजस्तो गरेको उनले बताए ।
‘हाम्रो राष्ट्रिय उद्योगलाई जोगाउनुपर्छ । आज अमेरिकाले चिनियाँ सामानले बजार ढाक्यो भनेर ६० प्रतिशत कर लगाउँछ । त्यसको काउन्टरमा चाइनाले अमेरिकी सामानमाथि कर लगाउँछ । अनि नेपाली चाहिँ हेरेर बस्ने ? यो देश के माइबाप नभएको हो ? सरकार नभएको देश हो ?,’ उनको प्रश्न छ ।
स्वदेशी उत्पादनलाई संरक्षण गर्न नसके रोजगारी सिर्जन हुन नसक्ने सांसद पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण