माओवादीका वैकल्पिक केन्द्रीय सदस्य महिनौँदेखि सम्पर्कविहीन
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को वैकल्पिक केन्द्रीय सदस्य एवं सुदूरपश्चिमका नेता झंकर साउद(भाष्कर) महिनौँदेखि सम्पर्कविहीन भएपछि माओवादीभित्र चर्चाको विषय बनेको छ ।
अछामको रामारोशन गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका साउदमाथि ठगी, आर्थिक अपचलन गरेको लगायत आरोप लागेको छ । यही मंसिरदेखि पार्टीबाट सम्पर्कविहीन भएपछि शनिवार माओवादी सुदूरपश्चिम प्रदेश सचिवालय समिति बैठकमा कुरा उठेको थियो ।
पार्टीको एजेन्डा तय गर्न शनिवार कैलालीको धनगढीमा बसेको माओवादी सचिवालयको पूर्ण बैठकमा साउद आर्थिक अपचलनमा समेत वारेन्ट जारी भएको भन्दै यस विषयमा छानबिन गर्न नेताहरूले इन्चार्जसमक्ष माग गरेको बुझिएको छ ।
साउदलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी आरोपमा २०७५ सालमा काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो । माओवादीले फागुन १ देखि ३ गतेसम्म काठमाडौँमा गरेको विधान अधिवेशनमा पनि अनुपस्थित रहेको एक नेताले बताए । माओवादीले सञ्चालन गरेका पार्टी रूपान्तरण अभियानमा कैलालीमा खटिएका उनी एक हप्ता सहभागी भएर सम्पर्कविहीन भएको बुझिएको छ । उनको मोबाइल समेत स्विच अफ रहेको छ ।
यस्तै प्रदेश अध्यक्ष हरिराम चौधरीले उनी बैठकमा अनुपस्थित रहेको विषयमा नेताहरूले प्रश्न उठाएको स्वीकार गरे । यस विषयमा छानबिन गरेपछि सत्यतथ्य बाहिर ल्याउने चौधरीले बताए । तर मंसिरदेखि सम्पर्कमा नरहेको भन्ने विषयमा सही नभएको उनको भनाइ छ ।
‘उहाँ अनुपस्थित रहेको विषयमा साथीहरू कुरा उठाउनुभएको थियो । मंसिरदेखि नै सम्पर्कमा नआएको भन्ने कुरा सही होइन । यस विषयमा छानविन गरेपछिमात्र भन्न सक्ने स्थिति छ । त्यसपछि वास्तविकता बाहिर ल्याउँछौँ’, उनले भने ।
उनी सम्पर्कविहीन भएको विषयमा माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले अनविज्ञता प्रकट गरे । प्रदेश समितिबाट रिपोर्ट आएपछि वास्तविकता थाहा हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण