मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष शर्मा सल्लाहकार मनोनीत

आइतबार, १८ चैत २०८०, २१ : ४४
आइतबार, १८ चैत २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्मा ‘भरतपुर भ्रमण वर्ष २०२४’ लाई सफल बनाउनका लागि सल्लाहकार समितिको सदस्य मनोनीत भएका छन् । 

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उनलाई सल्लाहकार समितिको सदस्य मनोनीत गरेकी हुन् । 

‘भरतपुर महानगरपालिकामा भएका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, पर्यटकको सङ्ख्या र बसाइ अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन गर्ने उद्देश्यले निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गर्न लागिएको बृहत् अभियान भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउनका लागि तपाईँलाई सल्लाहकार समितिको सदस्यको रूपमा मनोनयन गरिएको छ’, शर्मालाई दिइएको पत्रमा भनिएको छ । 

उनले शर्मालाई हार्दिक बधाई साथै भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन रचनात्मक सहयोगको अपेक्षा गरिएको पत्रमा उल्लेख गरेकी छन् । गत फागुन १८ मा भरतपुर भ्रमण वर्षको शुभारम्भ गरिएको थियो । 

हालैमात्र शर्मा नेपाल सरकारको कतारका लागि पर्यटन प्रवर्द्धक पनि मनोनीत भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप