रोड्रिगो चम्किँदा रियललाई फराकिलो अग्रता
सोमबार, १९ चैत २०८०, ०६ : २१
मड्रिड । रोड्रिगोको दुई गोलको मद्दतले रियल मड्रिडले एथ्लेटिक बिल्बाओमाथि सहज जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा २–० को जित हासिल गर्दै रियलले ला लिगाको शीर्ष स्थानमा पुनः ८ अङ्कको अग्रता बनाउन सफल भएको हो ।
ब्राजिलका फरवार्डले खेलको आठौँ मिनेटमा नै रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा जुड बेलिङह्यामको पासमा गोल गर्दै उनले टोलीको जीत सुनिश्चित गरे ।
३० खेलपछि रियल ७५ अङ्कसहित लिगको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ६७ अङ्क छ । बिल्बाओ ५६ अङ्कसहित चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण