रोड्रिगो चम्किँदा रियललाई फराकिलो अग्रता
सोमबार, १९ चैत २०८०, ०६ : २१
_ZxdFGH6vBW.webp)
मड्रिड । रोड्रिगोको दुई गोलको मद्दतले रियल मड्रिडले एथ्लेटिक बिल्बाओमाथि सहज जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा २–० को जित हासिल गर्दै रियलले ला लिगाको शीर्ष स्थानमा पुनः ८ अङ्कको अग्रता बनाउन सफल भएको हो ।
ब्राजिलका फरवार्डले खेलको आठौँ मिनेटमा नै रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा जुड बेलिङह्यामको पासमा गोल गर्दै उनले टोलीको जीत सुनिश्चित गरे ।
३० खेलपछि रियल ७५ अङ्कसहित लिगको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ६७ अङ्क छ । बिल्बाओ ५६ अङ्कसहित चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा युवा सङ्घका नेता कार्यकर्ताबिच झडप
-
वडाध्यक्षले कर्मचारी कुटेपछि पोखराका कर्मचारीको पेन डाउन
-
मुम्बईका कप्तान हार्दिक पाण्ड्या र गुजरातका प्रशिक्षक आशिष नेहरालाई जरिवाना
-
मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिको विषय संसद्मा प्रवेश
-
प्रदीप नेपालको ‘आत्मस्वीकृति’ : मलामी बोलाउने र खुवाउने काम नगरियोस् !