लक्ष्मी सनराइज बैंकद्वारा लैङ्गिक समानता र महिला सशक्तीकरणबारे कार्यक्रम सम्पन्न
काठमाडौँ। लक्ष्मी सनराइज बैंकले कार्यस्थलमा समावेशी, समानता र सशक्तीकरणको संस्कृतिलाई प्रवर्द्धन गर्न आफ्नो समर्पणलाई जोड दिँदै उद्घाटन ‘स्पार्क’ : २४ नेतृत्वमा महिला सशक्तीकरण– समावेशी प्रेरणा’ कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी माननीय सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दवन सान्चेज, एफ सफ्ट ग्रुपका पीयूष पौडेल लगायतका वक्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा भायनेट कम्युनिकेसनकी सीईओ सेवा पाठकले महिला नेतृत्व र सशक्तीकरणको बारेमा आफ्नो धारणा सेयर गरिन् ।
सो अवसरमा लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले सक्रिय पहलहरूको श्रृंखलामार्फत् आफ्ना महिला कर्मचारीको व्यावसायिक विकास र सुस्वास्थ्य अभिवृद्धि गर्न बैंकको अटल प्रतिबद्धता दोहोर्याए ।
‘हामी एक अनुकूल वातावरण प्रदान गर्न प्रयास गर्छौँ, जसले महिलाहरूलाई व्यक्तिगत र व्यावसायिक रूपमा फस्टाउन सक्षम बनाउँछ,’ शाहले भने, ‘मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थललाई बढवा दिने हाम्रो अटल प्रतिबद्धता उत्पीडन र भेदभावको लागि शून्य सहनशीलता कायम गर्ने नीतिहरू मार्फत स्पष्ट हुन्छ ।’
हाल, लक्ष्मी सनराइज बैंकको ३६५ कार्यशक्ति महिला छन् । यसैगरी काठमाडौं उपत्यकामा बैंकका करिब ४०५ शाखा प्रबन्धकहरू महिला छन् भने २५५ विभागको नेतृत्व महिलाले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण