शिक्षा मन्त्रीलाई सांसद सेजुवालको प्रश्न : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम किन रद्द भयो ?
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रद्द गर्नुको कारण खोजेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यसको जवाफ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले दिनुपर्ने माग गरेकी हुन् ।
‘शिक्षा मन्त्रीलाई प्रश्न गर्न चाहन्छु– राष्ट्रपति सुधार कार्यक्रमका लागि विभिन्न जिल्लाबाट प्रस्तावना आह्वान तीन महिना अगाडि गरियो । शिक्षा विभाग हुँदै शिक्षा मन्त्रालयमा पनि आइपुग्यो । तर एक्कासि कार्यक्रम किन रद्द गरियो ,’ उनको प्रश्न छ ।
यो प्रश्न मेरो मात्रै नभएको भन्दै दुर्गम जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरूको पनि नरहेको उनले बताइन् । यो कार्यक्रम दुर्गम जिल्लाका विद्यालयका लागि आवश्यक रहेको सांसद सेजुवालको भनाइ छ ।
यो कार्यक्रमअन्तर्गत विद्यालय भवन निर्माण, सूचना प्रविधि, प्रयोगशाला र प्राविधिक धार सञ्चालन हुने गरेको भन्दै उनले निरन्तरताका लागि आग्रह गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण