शिक्षा मन्त्रीलाई सांसद सेजुवालको प्रश्न : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम किन रद्द भयो ?

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रद्द गर्नुको कारण खोजेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यसको जवाफ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले दिनुपर्ने माग गरेकी हुन् ।
‘शिक्षा मन्त्रीलाई प्रश्न गर्न चाहन्छु– राष्ट्रपति सुधार कार्यक्रमका लागि विभिन्न जिल्लाबाट प्रस्तावना आह्वान तीन महिना अगाडि गरियो । शिक्षा विभाग हुँदै शिक्षा मन्त्रालयमा पनि आइपुग्यो । तर एक्कासि कार्यक्रम किन रद्द गरियो ,’ उनको प्रश्न छ ।
यो प्रश्न मेरो मात्रै नभएको भन्दै दुर्गम जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरूको पनि नरहेको उनले बताइन् । यो कार्यक्रम दुर्गम जिल्लाका विद्यालयका लागि आवश्यक रहेको सांसद सेजुवालको भनाइ छ ।
यो कार्यक्रमअन्तर्गत विद्यालय भवन निर्माण, सूचना प्रविधि, प्रयोगशाला र प्राविधिक धार सञ्चालन हुने गरेको भन्दै उनले निरन्तरताका लागि आग्रह गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन बसेन नेकपाको केन्द्रीय समिति बैठक ?
-
गाजामा खाना लिन गएका मानिसहरूमाथि भएको गोलीबारीको अनुसन्धान गर्न यूएनको माग
-
राइड सेयरिङलाई संघीय कानुनबाट व्यवस्थित गर्ने सहमति भयो : मन्त्री दाहाल
-
भूकम्पलगत्तै पाकिस्तानको जेलबाट २१६ कैदी फरार
-
विपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा
-
कान्ति लोकपथ ४ दिन पूर्ण रूपमा बन्द हुने