ओपनएआईले मान्छेको आवाज नक्कल गर्ने एआई टूल ल्याउँदै
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) दुनियाँमा ओपनएआई राजा बनेको छ । ओपनएआईको च्याटटूलले च्याटजीपीटीको दुनियाँमा तहल्का मच्चाएको छ ।
हालै यसले सोरा टूल लञ्च गरेको थियो । यो टेक्ष्ट दू भिडियो टूल हो । अर्थात् यसले तपाईँले लेखेको टेक्स्टको सहयोगमा भिडियो बनाइदिन्छ । सोराको सहयोगमा ६० सेकेन्डसम्मको भिडियो बनाउन सकिने ओपनएआईले बताएको छ ।
तर यसको अपडेट अहिलेसम्म पनि जारी गरिएको छैन । ओपनएआईले भ्वाइस इन्जिनमा काम गरिरहेको छ । यसले तपाईँको आवाज सुन्ने बित्तिकै सो आवाजको नक्कल गर्नेछ । व्यापक स्तरमा यो टूलको गलत प्रयोग हुन सक्ने भएकोले यो टूल आएपछि नियामकहरू पनि चनाखो हुने बताइएको छ ।
के हो ओपनएआईको भ्वाई इन्जिन टूल ?
ओपनएआईको भ्वाइस इन्जिन टूलले तपाईँको आवाज सुनेर १५ सेकेन्ड सम्मको हुबहु कपी बनाइदिनेछ । यो टूलले जस्तो सुकै आवाजको नक्कल गर्न सक्छ । तर कम्पनीले यो टूललाई अझै लन्च भने गरिसकेको छैन । ओपनएआईले आफ्नो ब्लगमा यसबारे जानकारी दिएको हो । ब्लगका अनुसार भ्वाइस इन्जिन टुलले जस्तोसुकै अडियो सुनेर र १५ सेकेन्डसम्मको यस्तै अडियो क्लिप दिनेछ ।
यो टूलले इमोशनल र मौलिक आवाजमै अडियो बनाइदिनेछ । खबरहरूका अनुसार ओपनएआईको यो भ्वाइस इन्जिन टूल २०२२ मै तयार भएको थियो । यसको प्रयोग च्याटजीपीटीमा भ्वाइस कमाण्ड र रिल लाउडमा भइरहेको छ । यो टूलको दुरुपयोग हुने सम्भावना धेरै भएकोले कम्पनीले यसलाई रिलिज गर्नु अघि निकै सावधानी अपनाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण