ओपनएआईले मान्छेको आवाज नक्कल गर्ने एआई टूल ल्याउँदै

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) दुनियाँमा ओपनएआई राजा बनेको छ । ओपनएआईको च्याटटूलले च्याटजीपीटीको दुनियाँमा तहल्का मच्चाएको छ ।
हालै यसले सोरा टूल लञ्च गरेको थियो । यो टेक्ष्ट दू भिडियो टूल हो । अर्थात् यसले तपाईँले लेखेको टेक्स्टको सहयोगमा भिडियो बनाइदिन्छ । सोराको सहयोगमा ६० सेकेन्डसम्मको भिडियो बनाउन सकिने ओपनएआईले बताएको छ ।
तर यसको अपडेट अहिलेसम्म पनि जारी गरिएको छैन । ओपनएआईले भ्वाइस इन्जिनमा काम गरिरहेको छ । यसले तपाईँको आवाज सुन्ने बित्तिकै सो आवाजको नक्कल गर्नेछ । व्यापक स्तरमा यो टूलको गलत प्रयोग हुन सक्ने भएकोले यो टूल आएपछि नियामकहरू पनि चनाखो हुने बताइएको छ ।
के हो ओपनएआईको भ्वाई इन्जिन टूल ?
ओपनएआईको भ्वाइस इन्जिन टूलले तपाईँको आवाज सुनेर १५ सेकेन्ड सम्मको हुबहु कपी बनाइदिनेछ । यो टूलले जस्तो सुकै आवाजको नक्कल गर्न सक्छ । तर कम्पनीले यो टूललाई अझै लन्च भने गरिसकेको छैन । ओपनएआईले आफ्नो ब्लगमा यसबारे जानकारी दिएको हो । ब्लगका अनुसार भ्वाइस इन्जिन टुलले जस्तोसुकै अडियो सुनेर र १५ सेकेन्डसम्मको यस्तै अडियो क्लिप दिनेछ ।
यो टूलले इमोशनल र मौलिक आवाजमै अडियो बनाइदिनेछ । खबरहरूका अनुसार ओपनएआईको यो भ्वाइस इन्जिन टूल २०२२ मै तयार भएको थियो । यसको प्रयोग च्याटजीपीटीमा भ्वाइस कमाण्ड र रिल लाउडमा भइरहेको छ । यो टूलको दुरुपयोग हुने सम्भावना धेरै भएकोले कम्पनीले यसलाई रिलिज गर्नु अघि निकै सावधानी अपनाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा
-
चीन-भारत जोड्ने कालीगण्डकी कोरिडोर छेउको रूपसे झरनामा धमाधम पर्यटकीय पूर्वाधार निर्माण
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?
-
अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा