शासक दलका नेताहरू ढँटुवा दिवस मनाइरहेको लागिरहेको छ : सुरेन्द्र गोसाईँ
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्र गोसाईँले सत्तारुढ दलका नेताहरूको कुरा सुन्दा अप्रिलफुल (ढँटुवा दिवस) मनाइरहेको लागिरहेको बताएका छन् । सोमबार बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा बोल्दे उनले सत्तारुढ दलबाट मूर्ख बनाउने काम मात्रै भएको बताए ।
‘समाचारहरूले आज अप्रिल फस्र्ट भन्छ । शासक दलका नेताहरूको कुरा सुन्दा ढँटुवा दिवस त मनाइरहेका छैनौँ भन्ने लाग्छ,’ उनले भने, ‘मूर्ख बनाउने, उल्लु बनाउने, ढाँट्ने र फेरि पनि ढाँट्ने शासक दलहरुकोबाट त्यो खालको प्रवृत्ति र चरित्र नदोहोर्योस् भन्ने हाम्रो शुभेच्छा छ ।’
जनतालाई चाहिने विधि, ऐन, कानुन कति भने भन्दै उनले प्रश्न गरे । ‘बागमती प्रदेशसभाले बागमती प्रदेशलाई चाहिने नीति निर्माण गर्यो कि गरेन ? विधि निर्माण गर्यो कि गरेन ? योजना नयाँ खालका ल्यायो कि ल्याएन ? कार्यक्रम कस्ता ल्यायो ? जनताको अहिलेको चासोको विषय यही नै हो,’ गोसाइँले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण