शासक दलका नेताहरू ढँटुवा दिवस मनाइरहेको लागिरहेको छ : सुरेन्द्र गोसाईँ

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्र गोसाईँले सत्तारुढ दलका नेताहरूको कुरा सुन्दा अप्रिलफुल (ढँटुवा दिवस) मनाइरहेको लागिरहेको बताएका छन् । सोमबार बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा बोल्दे उनले सत्तारुढ दलबाट मूर्ख बनाउने काम मात्रै भएको बताए ।
‘समाचारहरूले आज अप्रिल फस्र्ट भन्छ । शासक दलका नेताहरूको कुरा सुन्दा ढँटुवा दिवस त मनाइरहेका छैनौँ भन्ने लाग्छ,’ उनले भने, ‘मूर्ख बनाउने, उल्लु बनाउने, ढाँट्ने र फेरि पनि ढाँट्ने शासक दलहरुकोबाट त्यो खालको प्रवृत्ति र चरित्र नदोहोर्योस् भन्ने हाम्रो शुभेच्छा छ ।’
जनतालाई चाहिने विधि, ऐन, कानुन कति भने भन्दै उनले प्रश्न गरे । ‘बागमती प्रदेशसभाले बागमती प्रदेशलाई चाहिने नीति निर्माण गर्यो कि गरेन ? विधि निर्माण गर्यो कि गरेन ? योजना नयाँ खालका ल्यायो कि ल्याएन ? कार्यक्रम कस्ता ल्यायो ? जनताको अहिलेको चासोको विषय यही नै हो,’ गोसाइँले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले महासचिव पोखरेलले दाबी गरेजस्तै छ त सरकारको उपलब्धि ?
-
बुद्ध जयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
-
सर्वोच्चमा थुप्रिँदै अदालतको अवहेलना मुद्दा
-
प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि...
-
राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
-
जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्ति आवश्यक छ : प्रचण्ड