बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘ज्वाइँ साब’को हिरो बन्दै जीतु

सोमबार, १९ चैत २०८०, २१ : ०७
सोमबार, १९ चैत २०८०

काठमाडौँ । अभिनेता जीतु नेपाल ‘ज्वाइँ साब’ बन्ने भएका छन् । रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘ज्वाइँ साब’मा उनी केन्द्रीय भूमिकामा देखिने भएका हुन् ।

कथा राम्रो लागेकोले ‘ज्वाइँ साब’ अभिनय गर्न लागेको नेपालले बताए । फिल्मको अहिले लेखन कार्य जारी रहेको जीतुले सुनाए ।

राजकुमार पण्डितको निर्माण रहने फिल्म सामाजिक कथावस्तुमा कमेडी शैलीमा निर्माण हुन लागेको हो । जीतुले यसअघि मुख्य भूमिकामा फिल्म ‘ह्यारीकी प्यारी’ अभिनय गरेका थिए ।

बसन्त निरौलाको निर्देशन रहने फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङ निर्माताको रुपमा रहनेछन् । सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद फिल्ममा रहनेछ । 

आउँदो वर्षको तिहारमा रिलिज लक्ष्य राखिएको फिल्मको वैशाख १५ गतेबाट छायांकन सुरु हुने बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप