‘ज्वाइँ साब’को हिरो बन्दै जीतु
काठमाडौँ । अभिनेता जीतु नेपाल ‘ज्वाइँ साब’ बन्ने भएका छन् । रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘ज्वाइँ साब’मा उनी केन्द्रीय भूमिकामा देखिने भएका हुन् ।
कथा राम्रो लागेकोले ‘ज्वाइँ साब’ अभिनय गर्न लागेको नेपालले बताए । फिल्मको अहिले लेखन कार्य जारी रहेको जीतुले सुनाए ।
राजकुमार पण्डितको निर्माण रहने फिल्म सामाजिक कथावस्तुमा कमेडी शैलीमा निर्माण हुन लागेको हो । जीतुले यसअघि मुख्य भूमिकामा फिल्म ‘ह्यारीकी प्यारी’ अभिनय गरेका थिए ।
बसन्त निरौलाको निर्देशन रहने फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङ निर्माताको रुपमा रहनेछन् । सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद फिल्ममा रहनेछ ।
आउँदो वर्षको तिहारमा रिलिज लक्ष्य राखिएको फिल्मको वैशाख १५ गतेबाट छायांकन सुरु हुने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण