कालीमाटी बजार विकास समितिमा व्यवसायीको प्रतिनिधि छानिँदै
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा व्यवसायीको प्रतिनिधि छानिँदै छन् । ११ जना सदस्य रहने विकास समितिमा व्यवसायीबाट ३ जना प्रतिनिधि छानिने छन् । जसको निर्वाचन मंगलबार हुन लागेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तथा निर्वाचन समितिका संयोजक डा. महादेव प्रसाद पौडेलका अनुसार ३ जना प्रतिनिधिका लागि ११ जनाको उम्मेदवारी परेको छ । उम्मेदवार बन्नेमा ३ महिला र ८ पुरुष छन् । जसलाई ५८६ व्यवसायीले भोट गर्ने छन् । यसमध्ये ५४२ जना कालीमाटी बजारको र ४४ जना बालाजु तरकारी बजारका व्यवसायी हुन् । आज चुनिने सदस्यको दुई वर्ष कार्यकाल हुनेछ ।
सो समितिमा ११ जना रहने व्यवस्था छ । समितिको अध्यक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह सचिव रहने व्यवस्था छ । यस्तै, एक जना सदस्य सचिव हुने व्यवस्था छ । सदस्य सचिवमा कालीमाटी बजारका कार्यकारी निर्देशक रहने नियम छ ।
यस्तै, नौ जना सदस्य हुन्छन् । सदस्यमा एक जना कृषि विभागका सह सचिव, एक जना काठमाडौँ महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष, तीन जना व्यवसायी, एक जना कर्मचारी स्वतन्त्र युनियनको पदाधिकारी र कृषि मन्त्रालयले चुनेका तीन जना कृषक प्रतिनिधि हुन्छन् ।
मन्त्रालयका सह सचिव, विभागका उप सचिव, कालीमाटी बजारका कार्यकारी निर्देशक र वडा अध्यक्ष गरी ४ जनाको पद निरन्तर हुन्छ, भने अन्य ७ जना पदाधिकारीको दुई वर्ष कार्यकाल हुने डा.पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण