मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कालीमाटी बजार विकास समितिमा व्यवसायीको प्रतिनिधि छानिँदै

मङ्गलबार, २० चैत २०८०, ११ : ४७
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा व्यवसायीको प्रतिनिधि छानिँदै छन् । ११ जना सदस्य रहने विकास समितिमा व्यवसायीबाट ३ जना प्रतिनिधि छानिने छन् । जसको निर्वाचन मंगलबार हुन लागेको हो । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तथा निर्वाचन समितिका संयोजक डा. महादेव प्रसाद पौडेलका अनुसार ३ जना प्रतिनिधिका लागि ११ जनाको उम्मेदवारी परेको छ । उम्मेदवार बन्नेमा ३ महिला र ८ पुरुष छन् । जसलाई ५८६ व्यवसायीले भोट गर्ने छन् । यसमध्ये ५४२ जना कालीमाटी बजारको र ४४ जना बालाजु तरकारी बजारका व्यवसायी हुन् । आज चुनिने सदस्यको दुई वर्ष कार्यकाल हुनेछ ।

सो समितिमा ११ जना रहने व्यवस्था छ । समितिको अध्यक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह सचिव रहने व्यवस्था छ । यस्तै, एक जना सदस्य सचिव हुने व्यवस्था छ । सदस्य सचिवमा कालीमाटी बजारका कार्यकारी निर्देशक रहने नियम छ । 

यस्तै, नौ जना सदस्य हुन्छन् । सदस्यमा एक जना कृषि विभागका सह सचिव,  एक जना काठमाडौँ महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष, तीन जना व्यवसायी, एक जना कर्मचारी स्वतन्त्र युनियनको पदाधिकारी र कृषि मन्त्रालयले चुनेका तीन जना कृषक प्रतिनिधि हुन्छन् । 

मन्त्रालयका सह सचिव, विभागका उप सचिव, कालीमाटी बजारका कार्यकारी निर्देशक र वडा अध्यक्ष गरी ४ जनाको पद निरन्तर हुन्छ, भने अन्य ७ जना पदाधिकारीको दुई वर्ष कार्यकाल हुने डा.पौडेलले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप