मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमती प्रदेश: एमालेका ४ जना मन्त्री बन्दै, ३ बजे शपथ

मङ्गलबार, २० चैत २०८०, १२ : ४९
मङ्गलबार, २० चैत २०८०

मकवानपुर । बागमती प्रदेश सरकारमा एमालेबाट ४ जना मन्त्री नियुक्त हुँदै छन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषदमा एमालेका ४ जना मन्त्री थप गर्ने तयारी गरेका हुन् ।

दिउँसो ३ बजे शपथ ग्रहण गराउने गरी एमालेका ४ जनालाई मन्त्री नियुक्तिको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयका अनुसार एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठ मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री जम्कट्टेलको तयारी रहेको छ ।

गत २०७९ पुस २५ मा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिन लागेको एमाले स्रोतको भनाइ छ । थप एक जना पहिलोपटक मन्त्री बन्दै छन् ।

मुख्यमन्त्री जम्कट्टेलले प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाइ वन तथा वातावरण मन्त्रालय,  एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोक्ने तयारी गरेका छन् ।

सत्ता गठबन्धन बिच मन्त्रालय भागबन्डाको विषय भने मिल्न नसक्दा यससँगै बागमती प्रदेशमा मन्त्रीको सङ्ख्या १३ पुग्ने छ । प्रदेशमा कायम रहेको १२ मन्त्रालयमा एक विभागीय सहित १३ मन्त्री नियुक्त भएका छन् । सत्ता गठबन्धनमा भागबन्डा नमिल्दा सो अवस्था आएको हो ।

सत्ता गठबन्धनबाट मंगलबार (आज) बिहान मात्र एकीकृत समाजवादीबाट एक मन्त्रीले शपथ ग्रहण गरेका थिए । उनलाई मुख्यमन्त्री जम्कट्टेलले विना विभागीय मन्त्रीका रूपमा नियुक्त गरेका थिए ।

यसअघि १७ चैतमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए भने चैत १५ मा हाम्रो नेपाली पार्टीबाट संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा शैलेन्द्रमान बज्राचार्य नियुक्त भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप