वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्न : १६ वर्षसम्म संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कसले रोक्यो ?
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता एवं वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संविधान संशोधन गरी समाजवादी व्यवस्था लागु गर्न समाजवादी मोर्चाका नेताहरूलाई चुनौती दिएका छन् ।
मंगलबार मोर्चाले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा भण्डारीले अदृश्य शक्तिका कारण संविधान संशोधन गर्न नसक्ने दाबी गरे । १६ वर्षसम्म संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित गर्न कसले रोक्यो भन्दै उनले प्रश्न गरे ।
‘सत्य निरुपणसम्बन्धी विधेयक एक वर्षदेखि संसदमा रोकिएको छ । १६ वर्ष वित्यो विधेयक पारित गर्न कसले रोक्यो ? सबैले पास गर्छु भन्छन् । तर अहिलेसम्म पास भएको छैन । अदृश्य शक्तिले रोक्यो ? यो संसदीय शासन प्रणालीलाई संशोधन गरी समाजवादी व्यवस्था लागु गर्न सक्नुहुन्छ ?’, उनले नेताहरूमाथि प्रश्न उठाउँदै भने, ‘अदृश्य शक्तिबाट त्यसो गर्न सक्नुहुन्न भने सत्ता छोडेर सडकमा आउनुहोस् । सारंगी र्याइँर्याइँ गरेर काम छैन ।’
कानुन नमान्ने संसद्, सरकार, संवैधानिक अंग रहेका आरोप लगाउँदै यही संसदीय व्यवस्थाबाट समाजवाद नआउने तर्क गरे । शान्ति प्रक्रियामा आएपछि माओवादी नेताहरू बिग्रिएकाले सत्तालाई केन्द्रमा राखेर आगामी निर्वाचनमा भोट माग्न नआउन भण्डारीले चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण