बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

स्वार्थ त्यागेर समाजवादी शक्तिहरू हुनुको विकल्प छैन : डा. राजन भट्टराई

मङ्गलबार, २० चैत २०८०, १६ : ०१
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । नेकपा(एमाले)का विदेश विभाग प्रमुख डा.राजन भट्टराईले समाजवादी शक्तिबिच एकता नहुँदा प्राप्त उपलब्धि समाप्त पार्न हिजोका पराजित शक्तिहरूले टाउको उठाउन थालेको बताएका छन् ।

समाजवादी मोर्चाले मंगलबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले ती शक्तिहरूलाई परास्त गर्न समाजवादी शक्तिहरू एक हुनुपर्ने धारणा राखे । समाजवादी जनमत दक्षिण एसियामै ठुलो जनमत भएपनि विभाजित हुँदा अन्यले खेल्ने अवसर पाएको उनको भनाइ छ ।

‘समाजवादी शक्तिहरू विभाजित हुँदा पराजित भएका व्यवस्था विरोधी शक्तिहरूले टाउको उठाउन खोजिरहेका छन् । ती शक्तिलाई पराजित गर्न समाजवादी शक्तिहरूबिच एकता आवश्यकता छ’, उनले भने, ‘स्वार्थ त्यागेर समाजवादको लक्ष्य प्राप्तिका लागि म सम्पूर्ण समाजवादी शक्तिहरूलाई आग्रह गर्न चाहन्छु । मिलेर नै हामी अगाडि बढ्नुको विकल्प छैन ।’

नेपालको विशेषतामा आधारित समाजवादको लक्ष्य प्राप्तिका लागि उत्पादन, आर्थिक गतिविधिसहितको कार्यक्रममा स्पष्ट हुनुपर्ने उनको मत रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप