स्वार्थ त्यागेर समाजवादी शक्तिहरू हुनुको विकल्प छैन : डा. राजन भट्टराई
काठमाडौँ । नेकपा(एमाले)का विदेश विभाग प्रमुख डा.राजन भट्टराईले समाजवादी शक्तिबिच एकता नहुँदा प्राप्त उपलब्धि समाप्त पार्न हिजोका पराजित शक्तिहरूले टाउको उठाउन थालेको बताएका छन् ।
समाजवादी मोर्चाले मंगलबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले ती शक्तिहरूलाई परास्त गर्न समाजवादी शक्तिहरू एक हुनुपर्ने धारणा राखे । समाजवादी जनमत दक्षिण एसियामै ठुलो जनमत भएपनि विभाजित हुँदा अन्यले खेल्ने अवसर पाएको उनको भनाइ छ ।
‘समाजवादी शक्तिहरू विभाजित हुँदा पराजित भएका व्यवस्था विरोधी शक्तिहरूले टाउको उठाउन खोजिरहेका छन् । ती शक्तिलाई पराजित गर्न समाजवादी शक्तिहरूबिच एकता आवश्यकता छ’, उनले भने, ‘स्वार्थ त्यागेर समाजवादको लक्ष्य प्राप्तिका लागि म सम्पूर्ण समाजवादी शक्तिहरूलाई आग्रह गर्न चाहन्छु । मिलेर नै हामी अगाडि बढ्नुको विकल्प छैन ।’
नेपालको विशेषतामा आधारित समाजवादको लक्ष्य प्राप्तिका लागि उत्पादन, आर्थिक गतिविधिसहितको कार्यक्रममा स्पष्ट हुनुपर्ने उनको मत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण