शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारबाट समाजवाद आउँदैन : पूर्वप्रधानमन्त्री खनाल

मङ्गलबार, २० चैत २०८०, १६ : ०६
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटारबाट जनताको समाजवाद नआउने बताएका छन् ।

समाजवादी मोर्चाले मंगलबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सरकार, संसद् र सडक मोर्चाबाट आन्दोलन गर्नुपर्ने धारणा राखे । पछिल्लो समय वामपन्थी शक्तिहरू एक ठाउँमा आउने वातावर बनेकोमा उनले खुसी व्यक्त गरे ।

‘पछिल्लो समय वामपन्थी शक्तिहरू निकट आउने वातावरण बनेको छ, त्यसमा खुसी लागेको छ । अब नीति, कार्यक्रम, संगठन, अभियान र वर्गसंघर्षमा निकटता बढाउ’, खनालले भने, ‘बालुवाटारबाट समाजवाद आउँदैन । सत्ता, संसद् र सडक संघर्ष गरौँ । वामपन्थीले प्रगतिशील नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ ।’

वामपन्थी शक्तिहरूले राम्रो काम गर्न सके घृणा होइन जनताले फूलमाला लगाएर सम्मान गर्ने उनको भनाइ छ । यस्तै उनले वामपन्थी आन्दोलनकै कारण देश यहाँसम्म आएको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप