बालुवाटारबाट समाजवाद आउँदैन : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटारबाट जनताको समाजवाद नआउने बताएका छन् ।
समाजवादी मोर्चाले मंगलबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सरकार, संसद् र सडक मोर्चाबाट आन्दोलन गर्नुपर्ने धारणा राखे । पछिल्लो समय वामपन्थी शक्तिहरू एक ठाउँमा आउने वातावर बनेकोमा उनले खुसी व्यक्त गरे ।
‘पछिल्लो समय वामपन्थी शक्तिहरू निकट आउने वातावरण बनेको छ, त्यसमा खुसी लागेको छ । अब नीति, कार्यक्रम, संगठन, अभियान र वर्गसंघर्षमा निकटता बढाउ’, खनालले भने, ‘बालुवाटारबाट समाजवाद आउँदैन । सत्ता, संसद् र सडक संघर्ष गरौँ । वामपन्थीले प्रगतिशील नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ ।’
वामपन्थी शक्तिहरूले राम्रो काम गर्न सके घृणा होइन जनताले फूलमाला लगाएर सम्मान गर्ने उनको भनाइ छ । यस्तै उनले वामपन्थी आन्दोलनकै कारण देश यहाँसम्म आएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण