शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राप्रपाद्वारा जनप्रदर्शनको तयारी तीव्र

मङ्गलबार, २० चैत २०८०, १७ : १६
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले काठमाडौँ केन्द्रित  जनप्रदर्शनको तयारीलाई तीव्रता दिएको छ । 

गत ९ फागुनमा प्रधानमन्त्री प्रचण्डसमक्ष  विभिन्न ४० बुँदे माग राखेर आन्दोलनमा होमिएको राप्रपाले २७ चैतमा काठमाडौँ केन्द्रित जनप्रदर्शन गर्न लागेको हो । काठमाडौँ उपत्यकाका हरेक पालिकामा कमाण्डर तोकिएको छ भने ती कमान्डरले पनि वडा कमान्डर तोकेका छन् । 

उनीहरूको नेतृत्वमा काठमाडौँ उपत्यकाको दर्जनौँ स्थानबाट झाँकीसहितको र्‍याली निक्लिने र वृहत् सभामा परिणत हुने राप्रपाले जनाएको छ । 

 ४० बुँदे माग पूरा गराउन दवाव दिन जिल्लाहरूमा विभिन्न कार्यक्रम गरेको राप्रपाको २७ चैतमा हुने जनप्रदर्शनमा देशभरबाट कार्यकर्ताहरू सहभागी हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । 

राप्रपाले राखेको ४० बुँदे मागपत्रमा सरकारी कर्मचारी तथा पेसागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने, ०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत उल्लेख गरेको छ । सहकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललिता निवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठूलो सुन काण्डलगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग पनि राप्रपाको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप