राप्रपाद्वारा जनप्रदर्शनको तयारी तीव्र
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले काठमाडौँ केन्द्रित जनप्रदर्शनको तयारीलाई तीव्रता दिएको छ ।
गत ९ फागुनमा प्रधानमन्त्री प्रचण्डसमक्ष विभिन्न ४० बुँदे माग राखेर आन्दोलनमा होमिएको राप्रपाले २७ चैतमा काठमाडौँ केन्द्रित जनप्रदर्शन गर्न लागेको हो । काठमाडौँ उपत्यकाका हरेक पालिकामा कमाण्डर तोकिएको छ भने ती कमान्डरले पनि वडा कमान्डर तोकेका छन् ।
उनीहरूको नेतृत्वमा काठमाडौँ उपत्यकाको दर्जनौँ स्थानबाट झाँकीसहितको र्याली निक्लिने र वृहत् सभामा परिणत हुने राप्रपाले जनाएको छ ।
४० बुँदे माग पूरा गराउन दवाव दिन जिल्लाहरूमा विभिन्न कार्यक्रम गरेको राप्रपाको २७ चैतमा हुने जनप्रदर्शनमा देशभरबाट कार्यकर्ताहरू सहभागी हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपाले राखेको ४० बुँदे मागपत्रमा सरकारी कर्मचारी तथा पेसागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने, ०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत उल्लेख गरेको छ । सहकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललिता निवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठूलो सुन काण्डलगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग पनि राप्रपाको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी
-
यस्ता छन् मौद्रिक नीतिका मुख्य मुख्य व्यवस्था
-
अर्जेन्टिनालाई लगातार उपाधि दाबेदार बनाउने गोलकिपर मार्टिनेज
-
आगामी वर्ष प्रणालीमा थपिँदै १०४० मेगावाट बिजुली, ४६ अर्ब प्रसारण लाइनमा खर्च हुने
-
विद्युतमा कर बढाउँदा आलोचना भएपछि ऊर्जामन्त्रीको प्रष्टीकरण, ‘जनतालाई थप आर्थिक भार नपार्न अर्थ मन्त्रालयलाई भनेको छु’
-
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ८ सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण