कांग्रेसले मंगलबार पनि टुंग्याउन सकेन उम्मेदवार, बुधबार फेरि बैठक बस्ने
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक उपनिर्वाचनको उम्मेदवार टुंगो नलगाई सकिएको छ । सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबिच उम्मेदवार चयनमा विवाद भएपछि बैठकले निर्णय लिन नसकेको हो ।
सभापति देउवाले बैठकमा इलाम–२ मा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रुपमा प्रस्ताव गरेका थिए । सभापति देउवाको प्रस्तावमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि उम्मेदवारको टुंगो लाग्न नसकेको एक पदाधिकारीले रातोपाटीलाई बताए ।
नेता कोइराला र थापाले इलाम— २ मा भेषराज आचार्य र बझाङमा जगत जोशी उम्मेदवार हुनुपर्ने मत राखेका थिए ।
महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भिष्मराज आङदम्बेले गरेको इलाम—२ को अध्ययन रिपोर्टमा खड्कालाई उम्मेदवार बनाउन उपयुक्त हुने आशय थियो । नेता कोइराला र महामन्त्री थापाले आचार्यको नाममा अडान लिएपछि बैठक निष्कर्ष टुंगिएको छ ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बुधबार दिउँसो २ बजे उम्मेदवार टुंग्याउन पुनः बैठक बस्ने बताए ।
‘उम्मेदवारका विषयमा आज घनिभूत छलफल भएको छ । भोलि दिउँसो २ बजे कार्यसम्पादन समितिको बैठक बसेर उम्मेदवारको टुंगो लगाउँछ ,’ उनले भने । उनका अनुसार कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्न अपराह्न ४ बजे संसदीय बोर्डको बैठक बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण