प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम विस्फोट
आइतबार, ०९ वैशाख २०७५, २१ : ०८
ललितपुर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ ।
आइतबार साँझ यादवको ललितपुरको हात्तिबन स्थित घरमा बम विस्फोट भएको हो ।
लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोट भएको पुष्टि गरे ।
प्रहरीका अनुसार एउटा बम आक्रमणकारीले विस्फोट गराएको र घर नजिकै एउटा शंकास्पद वस्तु फेला परेको छ ।
उक्त शंकास्पद वस्तु डिस्पोज गर्न यतिबेला सेनाको टोली घटना स्थलमा पुगेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।
कस्तो बम विस्फोट गराइएको भन्ने खुलेको छैन ।
बम विस्फोटबाट कम्पाउण्ड र झ्यालको सिसामा क्षति पुगेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण