अन्ततः मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका उनी पार्टीभित्र र एमालेका नेताहरूसँगको लामो छलफलपछि राजीनामा दिन तयार भएका हुन् ।
नेकपा माओवादी कर्णाली प्रदेश प्रदेश इन्चार्ज कालीबहादुर मल्लले शर्मा राजीनामा दिन तयार भएको रातोपाटीलाई बताए । उनले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने या त्यसअघि नै दिनेबारे भने केहीबेरमा टुंगो लाग्ने उनको भनाइ छ । बुधबार नै ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।
केन्द्रमा कर्णाली प्रदेशको नेतृत्व एमालेले लिने सहमति भएपनि मुख्यमन्त्रीसहितका केही नेताहरूले एमालेलाई नेतृत्व हस्तान्तरण गर्न आनाकानी गर्दै आएका थिए । पार्टीभित्रै निर्णय कार्यान्वयन हुन समस्या भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता महेन्द्र बहादुर शाहीलगायतका नेतालाई सुर्खेत पठाएका थिए भने मंगलबार र बुधबार निरन्तर सहमतिको प्रयास गरेका थिए । सहमतिअनुसार पहिलो चरणमा एमालेले नेतृत्व लिने र दोस्रो चरणमा माओवादीबाटै मुख्यमन्त्री बन्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण