सी डिभिजन लिगको बजेट ३ करोड ५५ लाख, प्रथमलाई १० लाख पुरस्कार
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि सुरु हुन लागेको सी डिभिजन लिगको तयारी पुरा भएको जनाएको छ । एन्फाले बुधबार पत्रकार सम्मेलन गरेर एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतियोगिता हुन लागेको जानकारी गराएको हो ।
एन्फाले खेलहरू आवश्यकताअनुसार च्यासलस्थित रंगशाला र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पनि खेलाइने जनाएको छ ।
प्रतियोगितामा देशभरका १४ टिमको सहभागिता रहने एन्फाका भनाइ छ । प्रतियोगिता सञ्चालनका लागि एन्फाले ३ करोड ५५ लाख २८ हजार ३५८ रुपैयाँ ९० पैसा बजेट छुट्याएको छ भने प्रथम हुनेलाई १० लाख पुरस्कार दिइने छ ।
यस्तै द्वितीय पुरस्कार ७, तृतीय पुरस्कार ५ लाख र फेयर प्लेयर टिम र उत्कृष्ट खेलाडीलाई ५०–५० हजार रुपैयाँ दिइने छ ।
यस्तै उत्कृष्ट गोलकिपरलाई ३५ हजार दिइँदा सर्वाधिक गोलकर्तालाई १७ हजार ५०० रुपैयाँ दिइने एन्फाले जनाएको छ ।
प्रतियोगिताको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एनडीएसी स्पोर्टस्लाई प्रदान गरिएको छ भने टिकटदर सामान्यतर्फ १०० र भीआईपीतर्फ २०० रुपैयाँ कायम गरिएको छ । प्रतियोगिता करिब तीन महिना सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण