बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सी डिभिजन लिगको बजेट ३ करोड ५५ लाख, प्रथमलाई १० लाख पुरस्कार

बुधबार, २१ चैत २०८०, १६ : २४
बुधबार, २१ चैत २०८०

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि सुरु हुन लागेको सी डिभिजन लिगको तयारी पुरा भएको जनाएको छ । एन्फाले बुधबार पत्रकार सम्मेलन गरेर एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतियोगिता हुन लागेको जानकारी गराएको हो ।

एन्फाले  खेलहरू आवश्यकताअनुसार च्यासलस्थित रंगशाला र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पनि खेलाइने जनाएको छ ।

प्रतियोगितामा देशभरका १४ टिमको सहभागिता रहने एन्फाका भनाइ छ । प्रतियोगिता सञ्चालनका लागि एन्फाले ३ करोड ५५ लाख २८ हजार ३५८ रुपैयाँ ९० पैसा बजेट छुट्याएको छ भने प्रथम हुनेलाई १० लाख पुरस्कार दिइने छ ।

यस्तै द्वितीय पुरस्कार ७, तृतीय पुरस्कार ५ लाख र फेयर प्लेयर टिम र उत्कृष्ट खेलाडीलाई ५०–५० हजार रुपैयाँ दिइने छ ।

यस्तै उत्कृष्ट गोलकिपरलाई ३५ हजार दिइँदा सर्वाधिक गोलकर्तालाई १७ हजार ५०० रुपैयाँ दिइने एन्फाले जनाएको छ ।

प्रतियोगिताको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एनडीएसी स्पोर्टस्लाई प्रदान गरिएको छ भने टिकटदर सामान्यतर्फ १०० र भीआईपीतर्फ २०० रुपैयाँ कायम गरिएको छ । प्रतियोगिता करिब तीन महिना सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप