बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
न्यायलय

पत्नीले इजलासमै विष सेवन गरेपछि निलम्बित न्यायाधीश गिरीलाई थुनामा पठाउने आदेश

बुधबार, २१ चैत २०८०, १६ : ४४
बुधबार, २१ चैत २०८०

काठमाडौँ । निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो । 

वैवाहिक बलात्कारको कसुरमा गिरीकी श्रीमती परिवर्तित नाम २६ परिसरको जाहेरीमा जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध काठमाडौँ र रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेकामा उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेको थियो । 

उच्च अदालतको आदेशविरुद्ध गिरीकी पत्नी सर्वोच्च अदालत गएकी थिइन् । गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित उनले अनसनसमेत बस्ने गरेकी थिइन् । बुधबार बहस चलिरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै विष समेत समेत गरेकी थिइन् । त्यसपछि सर्वोच्च अदालतले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

सर्वोच्च अदालतको आदेशमा सम्बन्धविच्छेद र वैवाहिक बलात्कारको मुद्दा चलिरहेको अवस्थामा प्रतिवादी पीडितको कोठामा गएको कुरालाई स्वाभाविक मान्न नसकिने भएकाले पछि ठहरे बमोजिम हुने गरी हाललाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेशमा उल्लेख छ । 

हेर्नुहोस् आदेश :

434834900_394460063446906_3839720690645374831_n434866879_1100551787707419_2161787940937208850_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप