पत्नीले इजलासमै विष सेवन गरेपछि निलम्बित न्यायाधीश गिरीलाई थुनामा पठाउने आदेश
काठमाडौँ । निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो ।
वैवाहिक बलात्कारको कसुरमा गिरीकी श्रीमती परिवर्तित नाम २६ परिसरको जाहेरीमा जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध काठमाडौँ र रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेकामा उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।
उच्च अदालतको आदेशविरुद्ध गिरीकी पत्नी सर्वोच्च अदालत गएकी थिइन् । गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित उनले अनसनसमेत बस्ने गरेकी थिइन् । बुधबार बहस चलिरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै विष समेत समेत गरेकी थिइन् । त्यसपछि सर्वोच्च अदालतले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।
सर्वोच्च अदालतको आदेशमा सम्बन्धविच्छेद र वैवाहिक बलात्कारको मुद्दा चलिरहेको अवस्थामा प्रतिवादी पीडितको कोठामा गएको कुरालाई स्वाभाविक मान्न नसकिने भएकाले पछि ठहरे बमोजिम हुने गरी हाललाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेशमा उल्लेख छ ।
हेर्नुहोस् आदेश :


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण