आरती रावलद्वारा सर्वोच्चको इजलासमा विष सेवन
काठमाडौँ । कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतमा मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छिन् । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा रवालले विष सेवन गरेकी हुन् ।
उनको मुद्दा आज फाँट नम्बर ७ मा चलिरहेको थियो । सो क्रममा उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनले गुट्खाको प्याकेटमा विष राखेर लगेकी थिइन् ।
श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौँले गत चैत २८ गते गिरीलाई पक्राउ गरेर कपिलवस्तु लगेको थियो । तर, अदालतले उनलाई धरौटीमा छोडेको थियो ।
यता, सामाखुसीस्थित डेरामा पनि आफूमाथि जबरजस्ती करणी गरेको भन्दै उनले प्रहरीमा जाहेरी दिइन् । गत वैशाख १७ गते काठमाडौँ जिल्ला अदालतमा पनि बलात्कारको मुद्दा दायर भयो । जिल्लाले पनि गिरीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
उक्त आदेशविरुद्ध उनले उच्च अदालत, पाटनमा पुनरावेदन गरिन् । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेकी आरतीले गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै आएकी छन् । आरतीले यसअघि सर्वोच्च परिसरमा आत्मदाहको प्रयाससमेत गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण