बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘रिटायर हल्दार २’ प्रसारणमा आउने

बुधबार, २१ चैत २०८०, १७ : ५५
बुधबार, २१ चैत २०८०

काठमाडौँ । हास्य टेलिश्रृंखला ‘रिटाय हल्दार २’ प्रसारणमा आउने भएका छ । नेपाल टेलिभिजनबाट प्रसारणमा आउने टेलिश्रृंखला अशिष घिमिरेले निर्देशन गरेका हुन् । 

निर्देशक घिमिरे हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को छोरा हुन् । घिमिरेको यो निर्देशकमा डेब्यु टेलिश्रृंखला हो ।

श्रीप्रसाद थापाको लेखन रहेको टेलिश्रृंखलामा लेखक थापाको अलवा निर्मल शर्मा, प्रिया रिजाल, रश्मी भट्ट, रेश्मा केसी, मिशेल घिमिरे, केशव सापकोटा, विशाल पहाडी, सबिना शंकर श्रेष्ठ, भूमिका गिरी, रुकु बिष्ट, मदन सुवेदी, सन्ध्या खड्का, शोभिता खड्का, प्रज्योल भण्डारीलगायतको अभिनय देख्न सकिन्छ ।

देशको विकृति बिसंगतीलाई तिखो ब्याङ्ग्य प्रहार गर्ने टेलिश्रृंखला रेष्क्यु क्रियसनको ब्यानरमा निर्माण भएको हो । सागर थापाको छायांकन, शौखिन तिमल्सिनाको सम्पादन रहेको टेलिश्रृंखलाको प्रसारण मिति छिट्टै फिक्स हुने कलाकार निर्मल शमाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप