बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा अर्को सरकार नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने

बुधबार, २१ चैत २०८०, १८ : ५०
बुधबार, २१ चैत २०८०

काठमाडौँ । कर्णाली प्रदेशमा अर्को सरकार नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने भएको छ । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बुझाएको राजीनामा पत्र स्वीकृत गर्दै प्रदेश प्रमुख तिलक परियारले अर्को सरकार नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी दिएका हुन् । 

प्रदेशसभाबाट राजीनामाको घोषणा गरेका कर्णालीका मुख्यमन्त्री शर्माले बुधबार प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका थिए । सो राजीनामा स्वीकृत गर्दै  प्रदेश प्रमुख परियारले  अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्मको लागि मौजुदा मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकेको प्रदेश प्रमुखको कार्यालयका नि. सचिव भीमराज थानीले जानकारी दिए । 

k

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप