कर्णालीमा अर्को सरकार नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने
बुधबार, २१ चैत २०८०, १८ : ५०
काठमाडौँ । कर्णाली प्रदेशमा अर्को सरकार नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने भएको छ । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बुझाएको राजीनामा पत्र स्वीकृत गर्दै प्रदेश प्रमुख तिलक परियारले अर्को सरकार नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी दिएका हुन् ।
प्रदेशसभाबाट राजीनामाको घोषणा गरेका कर्णालीका मुख्यमन्त्री शर्माले बुधबार प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका थिए । सो राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख परियारले अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्मको लागि मौजुदा मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकेको प्रदेश प्रमुखको कार्यालयका नि. सचिव भीमराज थानीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण