सत्ता राजनीति
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री शर्माले बुझाए राजीनामा
बुधबार, २१ चैत २०८०, १८ : ०५
सुर्खेत । प्रदेशसभाबाट राजीनामाको घोषणा गरेका कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका छन् ।
बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।
उनले आफूले परिवेश बदलिएकाले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको जानकारी दिएका थिए ।
सङ्घमा गठबन्धनमा भएको सहमति अनुसार कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्री पाएको थियो । अब कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकार बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण