बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री शर्माले बुझाए राजीनामा

बुधबार, २१ चैत २०८०, १८ : ०५
बुधबार, २१ चैत २०८०

सुर्खेत । प्रदेशसभाबाट राजीनामाको घोषणा गरेका कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका छन् । 

बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पत्र बुझाएका हुन् । 

राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।

उनले आफूले परिवेश बदलिएकाले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको जानकारी दिएका थिए ।

सङ्घमा गठबन्धनमा भएको सहमति अनुसार कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्री पाएको थियो । अब कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकार बन्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप