बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले संसदीय अराजकता मच्चायो : एमाले

बुधबार, २१ चैत २०८०, १९ : ५१
बुधबार, २१ चैत २०८०

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली कांग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्चाएको आरोप लगाएको छ ।  

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले सत्ता पक्ष र सिङ्गो नेपाली जनताले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन् भनेर सुन्न चाहे पनि कांग्रेसले त्यो गर्न नदिएर संसदमा अराजकता मच्चाएको बताए । बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले कांग्रेसलाई सत्तामा नभएको एक महिना पनि नपुग्दै पीडा ओकल्ने खालको गतिविधि नगर्न पनि सचेत गराए । 

प्रमुख सचेतक बर्ताैलाले गृहमन्त्रीलाई स्वीकार नगर्ने नीति हो ? भनी कांग्रेसलाई प्रश्न समेत गरे ।

प्रमुख सचेतक बर्ताैलाले संसदीय मूल्य र मान्यतालाई क्षतविक्षत गराउने काम कांग्रेसले गर्न नहुने बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप