सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

देउवा निवासमा उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल

बिहीबार, २२ चैत २०८०, ११ : ३०
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसले उपनिर्वाचनमा उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल गरिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान साढे १० बजेबाट उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल थालेको हो । 

आगामी वैशाख १५ मा इलाम २ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनको उम्मेदवार टुंग्याउन कांग्रेसलाई सकस परेको छ । कांग्रेस सहमहामन्त्री बद्री पाण्डेका अनुसार छलफलमा पार्टीका शीर्ष नेताका साथै उम्मेदवारका आकांक्षी र सम्बन्धित जिल्लाका नेताहरू सहभागी छन् । 

इलाम- २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।

यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको नेताहरू बताउँछन् । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन् । उम्मेदवार टुंग्याउन देउवा र कोइराला एक मत नहुँदा चार दिनदेखि  कांग्रेस आन्तरिक छलफलमै केन्द्रित छ ।

एमाले, रास्वपा, राप्रपा, एकीकृत समाजवादी जनमत लगायतका दलले उम्मेदवारी टुंग्याएर प्रचार थालेपनि कांग्रेस नेताहरु आन्तरिक लफडामा फसेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप