देउवा निवासमा उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल
काठमाडौँ । नेपाली कांग्रेसले उपनिर्वाचनमा उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल गरिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान साढे १० बजेबाट उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल थालेको हो ।
आगामी वैशाख १५ मा इलाम २ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनको उम्मेदवार टुंग्याउन कांग्रेसलाई सकस परेको छ । कांग्रेस सहमहामन्त्री बद्री पाण्डेका अनुसार छलफलमा पार्टीका शीर्ष नेताका साथै उम्मेदवारका आकांक्षी र सम्बन्धित जिल्लाका नेताहरू सहभागी छन् ।
इलाम- २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।
यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको नेताहरू बताउँछन् । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन् । उम्मेदवार टुंग्याउन देउवा र कोइराला एक मत नहुँदा चार दिनदेखि कांग्रेस आन्तरिक छलफलमै केन्द्रित छ ।
एमाले, रास्वपा, राप्रपा, एकीकृत समाजवादी जनमत लगायतका दलले उम्मेदवारी टुंग्याएर प्रचार थालेपनि कांग्रेस नेताहरु आन्तरिक लफडामा फसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण