एमाजनले क्लाउड कम्प्युटिङ एकाइबाट निकाल्यो सयौँ कर्मचारी
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय अनलाइन खुद्रा विक्रेता कम्पनी एमाजनले आफ्नो क्लाउड कम्प्युटिङ व्यवसायबाट सयौँ कर्मचारीलाई कामबाट निकाल्ने घोषणा गरेको छ । एमाजन वेब सर्भिसेज (एडब्ल्यूएस)को व्यवसाय बढिरहेको छ । कम्पनीको कूल आम्दानीमा यसको अनुपात १४ प्रतिशत पुगिसकेको एमाजनको पछिल्लो वित्तीय प्रतिवेदनले देखाएको थियो ।
कम्पनीले भौतिक स्टोर, एमाजन फ्रेस आदिको साथमा आफ्नो रणनीतिमा परिवर्तन गरिरहेको छ । मंगलबार कम्पनीले सबै स्टोरबाट जष्ट वाक आउट भन्ने सेल्फ चेक आउट सिष्टम हटाउने घोषणा गरेको थियो । पछिल्लो रोजगारी कटौतीले विक्री, मार्केटिङ र ग्लोबल सर्भिसेजमा कयौँ सय रोजगारी प्रभावित हुने बताइएको छ । केही सयले भने कम्पनीको भौतिक स्टोरको प्राविधिक टिममा रहेको आफ्नो जागिर गुमाउनेछन् ।
कम्पनीले लगानी, कर्मचारी भर्ती र भएको संसाधनको उच्चतम प्रयोगलाई निरन्तरता दिइरहँदा रोजगारी कटौती आवश्यक भएको कम्पनीको भनाई छ । रोजगारी कटौती विश्वभर हुने बताइएको छ । एडब्ल्यूएसमा अधिकांश कटौती चाँहि गृहनगर सियाटलमा हुने कम्पनीले बताएको छ । अमेरिकामा रहेका कर्मचारीहरूसँग तलब र सेवा सुविधा लिन ६० दिनको समय हुने बताइएको छ । यिनीहरूले सेवामुक्त भत्ता पनि पाउनेछन् । गएको वर्षको अन्त्यसम्ममा एमाजनमा विश्वभर १५ लाख फूल टाइम र पार्ट–टाइम कर्मचारी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण