मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाजनले क्लाउड कम्प्युटिङ एकाइबाट निकाल्यो सयौँ कर्मचारी

बिहीबार, २२ चैत २०८०, १२ : ००
बिहीबार, २२ चैत २०८०

क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय अनलाइन खुद्रा विक्रेता कम्पनी एमाजनले आफ्नो क्लाउड कम्प्युटिङ व्यवसायबाट सयौँ कर्मचारीलाई कामबाट निकाल्ने घोषणा गरेको छ । एमाजन वेब सर्भिसेज (एडब्ल्यूएस)को व्यवसाय बढिरहेको छ । कम्पनीको कूल आम्दानीमा यसको अनुपात १४ प्रतिशत पुगिसकेको  एमाजनको पछिल्लो वित्तीय प्रतिवेदनले देखाएको थियो ।

कम्पनीले भौतिक स्टोर, एमाजन फ्रेस आदिको साथमा आफ्नो रणनीतिमा परिवर्तन गरिरहेको छ । मंगलबार कम्पनीले सबै स्टोरबाट जष्ट वाक आउट भन्ने सेल्फ चेक आउट सिष्टम हटाउने घोषणा गरेको थियो । पछिल्लो रोजगारी कटौतीले विक्री, मार्केटिङ र ग्लोबल सर्भिसेजमा कयौँ सय रोजगारी प्रभावित हुने बताइएको छ । केही सयले भने कम्पनीको भौतिक स्टोरको प्राविधिक टिममा रहेको आफ्नो जागिर गुमाउनेछन् ।

कम्पनीले लगानी, कर्मचारी भर्ती र भएको संसाधनको उच्चतम प्रयोगलाई निरन्तरता दिइरहँदा रोजगारी कटौती आवश्यक भएको कम्पनीको भनाई छ । रोजगारी कटौती विश्वभर हुने बताइएको छ । एडब्ल्यूएसमा अधिकांश कटौती चाँहि गृहनगर सियाटलमा हुने कम्पनीले बताएको छ । अमेरिकामा रहेका कर्मचारीहरूसँग तलब र सेवा सुविधा लिन ६० दिनको समय हुने बताइएको छ । यिनीहरूले सेवामुक्त भत्ता पनि पाउनेछन् । गएको वर्षको अन्त्यसम्ममा एमाजनमा विश्वभर १५ लाख फूल टाइम र पार्ट–टाइम कर्मचारी थिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप