सन् २५३१ सम्म सबै जापानीको एउटै थर ‘सातो’ बन्न सक्ने : अध्ययन
टोकियो । विवाहसम्बन्धी कानुन परिवर्तन नगरिए भविष्यमा जापानका सबै व्यक्तिको थर एउटै हुन सक्ने एक अध्ययनले देखाएको छ । यद्यपि, जापानमा घट्दो विवाहको दर र जनसङ्ख्याले भने यस ट्रेन्डमा रोकावट बन्न सक्ने बताइएको हो ।
जापानमा अझै पनि विवाहित दम्पतीले एउटै थर राख्नुपर्ने प्रावधान रहेको छ । सामान्यता जापानी पत्नीले आफ्नो पतिको थर आफ्नो नाममा समावेश गर्छिन् । समलिङ्गी विवाहलाई जापानमा अझै मान्यता दिइएको छैन । यदि यो नियम जारी रह्यो भने सन् २५३१ सम्ममा सबै जापानी नागरिकको थर ‘सातो’ बन्ने तोहोको विश्वविद्यालयका अर्थशास्त्री हिरोशी होसिडाको भनाई छ । जापानको थरहरूको रेकर्ड राख्ने कम्पनी म्योजी युराईका अनुसार जापानमा रहेका ३ लाखभन्दा बढी थरमध्ये सातो जापानको सबैभन्दा चर्चित थर हो ।
जापानको १२।५ करोड जनसङ्ख्यामध्ये १८ लाख जनाको थर सातो रहेको छ । दोस्रो स्थानमा सुजुकी र तेस्रो स्थानमा ताकाहासी रहेको छ । अर्थशास्त्री हिरोशीले आफ्नो अध्ययनको निष्कर्ष सोमबार सार्वजनिक गरेका थिए । तर, आफ्नो प्रक्षेपण सफल हुनका लागि हाल जापानको घट्दो विवाहको दरको समस्या समाधान हुनुपर्ने बताएका थिए । सन् २०२३ मा विवाहको दर ६ प्रतिशतले घटेको थियो भने सम्बन्धविच्छेदको दर २.६ प्रतिशतले बढेको थियो । –सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण