सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी खातामा २ खर्बभन्दा बढी नगद मौज्दात

बिहीबार, २२ चैत २०८०, १७ : ४०
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारी ढुकुटीमा २ खर्बभन्दा बढी नगद मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारीको वित्तीय रिपोर्ट अनुसार २०८० फागुन मसान्तसम्म विभिन्न बैंकमा रहेको सरकारी खातामा कूल २ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ नगद मौज्दात रहेको हो । 

यद्यपि, यो सङ्घीय सरकारको मात्र नभएर प्रदेश सरकार तथा स्थानीय तहहरूको समेत हो । 

२०८० असार मसान्तमा यस्तो नगद मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप