उच्च शिक्षाबारे शिक्षा मन्त्रालयले बनायो ४ वटा कार्यदल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षासँग सम्बन्धित रहेर ४ वटा कार्यदल बनाएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले एक महिनाको कार्य प्रगति सार्वजनिक गर्दै उच्च शिक्षामा देखिएका समस्या र तिनको समाधान गर्न विभिन्न ४ वटा कार्यदल बनाएर काम भइरहेको बताइन् । ती कार्यदलहरूलाई १५ दिनको समय दिएर प्रतिवेदन पेस गर्न भनिएको छ ।
मन्त्रालयले छात्रवृत्ति सम्बन्धी कानुनहरूको पुनरावलोकन गर्ने सम्बन्धी उच्चस्तरीय समिति गठन गरेको छ । उक्त समितिमा विश्वविद्यालय अनुदान आयोग, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्य छन् । उक्त कार्यदललाई एक महिनाभित्र प्रतिवेदन पेस गर्न भनिएको मन्त्री श्रेष्ठले बताइन् ।
त्यस्तै राष्ट्रिय परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका तर्जुमा सम्बन्धी समेत कार्यदल बनेको छ । उक्त कार्यदललाई १५ दिनको समय दिइएको छ ।
त्यस्तै विदेशी सम्बन्धनका कलेजहरूको व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन सम्बन्धी समेत कार्यदल बनेको छ । उक्त कार्यदललाई पनि १५ दिनको समय दिइएको छ ।
त्यस्तै शिक्षक सेवा आयोग नियमावली संशोधन गर्नका लागि समेत कार्यदल बनेको मन्त्री श्रेष्ठले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण