बढुवा भएका ८ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । प्रहरीमा जनपद समूहतर्फ डीएसपीबाट एसपीमा बढुवा भएका ८ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवर र अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नवनियुक्त एसपीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
बढुवा हुनेमा निरन्जन दत्त भट्ट, विनोद घिमिरे, ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, श्याम बाबु ओलिया र सन्तोष तामाङ्ग र राजन लिम्बु छन् । बढुवा समितिले चैत १४ मा गरेको सिफारिस अनुसार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उनीहरूलाई बढुवा, नियुक्ति गर्ने निर्णय गरेका हुन् ।
आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिले निकालेको बढुवा सिफारिस सूचीमा प्रतिस्पर्धाको १ नम्बरमा रहेका डीएसपी प्रदीप बहादुर क्षेत्री छुटेका छन् । ६ नम्बर वरियतामा रहेका नारायण रंजिनकार पनि बढुवाको सुचीमा परेनन् । त्यसबारे सर्वत्र आलोचना भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण