धनगढीबाट काठमाडौँ उडेको जहाज पोखरामा अवतरण
शुक्रबार, २३ चैत २०८०, १९ : ३५
पोखरा । धनगढीबाट काठमाडौँ उडेको श्री एयरलाइन्सको जहाज पोखरा अवतरण भएको छ । १० बजे उडेको जहाज काठमाडौँ नपुगी पोखरा झरेपछि यात्रुहरू अत्तालिएका थिए ।
प्राविधिक समस्या देखिएर पोखरामा आकस्मिक अवतरण गरेको विमानस्थलले जनाएको छ ।
जहाजमा ७६ जना यात्रु सवार थिए । जहाज बिग्रेर बनेपनि यात्रु चाहिँ उक्त जहाजमा जान नमानेका र उक्त जहाजले पोखराका यात्रु लिएर काठमाडौँ उडेको एयरलाइन्सका पोखरा इन्चार्ज नवदीप केसीले जानकारी दिए । धनगढीका यात्रुलाई अर्को जहाज ल्याएर काठमाडौँ लगेको छ ।
एक साताअघि पनि धनगढीबाट काठमाडौँ उडेको श्री एयरलाइन्सकै जहाज भैरहवामा आपत्कालीन अवतरण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण