धनगढीबाट काठमाडौँ उडेको जहाज पोखरामा अवतरण
शुक्रबार, २३ चैत २०८०, १९ : ३५

पोखरा । धनगढीबाट काठमाडौँ उडेको श्री एयरलाइन्सको जहाज पोखरा अवतरण भएको छ । १० बजे उडेको जहाज काठमाडौँ नपुगी पोखरा झरेपछि यात्रुहरू अत्तालिएका थिए ।
प्राविधिक समस्या देखिएर पोखरामा आकस्मिक अवतरण गरेको विमानस्थलले जनाएको छ ।
जहाजमा ७६ जना यात्रु सवार थिए । जहाज बिग्रेर बनेपनि यात्रु चाहिँ उक्त जहाजमा जान नमानेका र उक्त जहाजले पोखराका यात्रु लिएर काठमाडौँ उडेको एयरलाइन्सका पोखरा इन्चार्ज नवदीप केसीले जानकारी दिए । धनगढीका यात्रुलाई अर्को जहाज ल्याएर काठमाडौँ लगेको छ ।
एक साताअघि पनि धनगढीबाट काठमाडौँ उडेको श्री एयरलाइन्सकै जहाज भैरहवामा आपत्कालीन अवतरण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भन्दै रिट, सर्वोच्चको कारण देखाऊ आदेश
-
६३ दिनदेखि इटहरीकी शाखा अधिकृत बेपत्ता, लाखौँ रकम लिएकी थिइन् सापटी
-
मेरो व्यक्तिगत प्रतिष्ठा र राजनीतिक मर्यादामा आघात पुर्याइयो : विष्णु पन्थी
-
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा पक्राउ
-
अनेमसंघ (समाजवादी) को अध्यक्षमा सिग्देल चयन
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?