अभिनेत्री कोपिला थापा सडक दुर्घटनामा घाइते
काठमाडौँ । नेपाली फिल्मकी चर्चित चरित्र अभिनेत्री कोपिला थापा गम्भीर घाइते भएकी छन् । भारतको पन्जाबमा भएको सडक दुर्घटनामा केही दिन अगाडि उनी घाइते भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
एक कार्यक्रममा सहभागी भएर पञ्चकुलातिर फर्किएको उनीहरू चढेको कार दुर्घटना भएको थियो । दुर्घटना लगत्तै स्थानीयले उद्धार गरेर उनीहरूलाई चण्डीगढस्थित नेहरु अस्पताल पुर्याएका थिए ।
‘केही दिन अगाडि मलाई कोपिलाले खबर गर्नुभएको थियो’, निरौलाले भने– ‘उनको अस्पतालमा उपचार भइरहेको छ ।’ उनले आफ्नो कम्बरदेखि तल नचलेको र ठिक हुन ६,७ महिना लाग्ने बताएको निरौलाको भनाई छ ।
कोपिलासँगै कारमा सवार यात्रु रुपा थापाको मृत्यु भएको र गोपाल नामका एकजना नेपाली घाइते भएको बताइएको छ । दर्जनौँ नेपाली फिल्म अभिनय गरेकी कोपिला फिल्म ‘महापुरुष’ मा मदनकृष्णको पत्नीको रोलमा देखिएकी थिइन् ।
मोरङ सलकपुरकी कोपिला अभिनेत्री रेखा थापाको ठूलाबुवाकी छोरी हुन् । कोपिलाले थुप्रै टेलिफिल्ममा समेत अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण