‘रामायण’की सीता नेपालमा, गरिन् रामको प्रशंसा
काठमाडौँ । चर्चित भारतीय धारावाहिक शृङ्खला ‘रामायण’मा सीता माताको भूमिका निर्वाह गर्ने अभिनेत्री दीपिका चिखलियाले रामायण नीति कथाबाट धेरै कुराको ज्ञान लिन सकिने बताएकी छिन् ।
शनिबार काठमाडौँमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासको १४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै दीपिकाले रामायणबाट भगवान् राम एक असल पुत्र, भाइ र श्रीमान् हुनुहुन्थ्यो भन्ने कुराको जानकारी कथा रामायणले प्रस्तुत गरेको बताइन् ।
उनले भनिन,‘रामायणबाट धेरै कुरा जान्न सकिन्छ । सिक्न सकिन्छ । रामजीको चरित्रबाट भगवान् राम आदर्श र असल पुत्र भएको जानकारी कथा रामायणले दिएको छ । उहाँ एक असल पुत्र, असल भाइ र असल श्रीमान् हुनुहुन्थ्यो भन्ने कुरा रामायण सिकाएको छ ।’
उतीबेला दुई तीन बिहे गर्ने चलन रहेको भए पनि भगवान् रामले सीताका लागि धर्म निभाएको विषयलाई नजरअन्दाज गर्न नमिल्ने उनको भनाइ थियो ।
रामायणको हरेक भागबाट केही न केही सिक्न सकिने उल्लेख गर्दै उनले भगवान् रामको १४ वर्षे वनवास हुँदै रानी सितालाई अयोध्या लिएर आएको कथाकै पेरिफेरीमा घुमेको उल्लेख गरिन् ।
धेरै नेपाली दर्शकमाझ लोकप्रियता कमाएकी उनी शुक्रबार नेपाल आइपुगेकी हुन् । भारतीय लोकसभाकी पूर्वसांसदसमेत रहेकी चिखिलिया टेलिभिजनसँगै बलिउड र मलायमल फिल्ममा समेत अभिनय गरेकी छन् । रामानन्द सागर निर्देशित ‘रामायण’ बाट उनी बढी लोकप्रिय छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण