इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा
इलाम । आगामी वैशाख १५ गते इलामा क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्रबाट १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । शनिवार बिहान ११ बजेदेखि पौने ५ बजेसम्म १३ जनाको उम्मेदवारी परेको र अझै केही स्वतन्त्र उम्मेदवार मनोनयन दर्ताका लागि लाइनमा रहेको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले रातोपाटीलाई जानकारी दिए ।
हालसम्म नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एस, नेपाल मजदुर किसान पार्टी लगायतका उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराएका छन् ।
एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मङ्गोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बूले मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् । अहिले मनोनयन दर्ताका लागि प्रक्रियामा रहेकाहरूको साँझ साढे ५ बजेसम्म उम्मेदवारी दर्ता भइसक्ने मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
-
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
-
नेप्से परिसूचक २६ अङ्कले घट्यो
-
सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
-
एमाले–कांग्रेसले संविधान संशोधनबारे कार्यदललाई कुनै सुझाव नदिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण