उपनिर्वाचन सुरक्षाबारे गृहमन्त्रीसँग आयोगले छलफल गर्दै
काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनको शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन र निर्वाचन कानुनबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ११ बजेपछि गृहमन्त्री लामिछानेसँग छलफल राखिएको बताए ।
‘उपनिर्वाचनको शान्ति सुरक्षा र निर्वाचन कानुनबारे छलफलका लागि आज आयोगले गृहमन्त्रीसँग छलफल गर्दैछ’, प्रमुख थपलियाको भनाइ छ । उनका अनुसार उपनिर्वाचनको अवस्था, आचारसंहिताको कार्यान्वयनका सम्बन्धमा विशेष छलफल हुनेछ । वैशाख १५ गते इलाम २ र बझाङ प्रदेशसभाका लागि हुने निर्वाचनमा चैत २८ गतेबाट निर्वाचन आचार संहिता लागु हुँदैछ ।
आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्ने बताउँदै आएको छ । निर्वाचन आचारसंहिता उपनिर्वाचन हुने जिल्लामा मात्र लागु गर्ने आयोगको तयारी छ । यो बाहेक आयोगले विदेशमा बस्ने नेपालीको मताधिकारका बारेमा समेत छलफल गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण