शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन सुरक्षाबारे गृहमन्त्रीसँग आयोगले छलफल गर्दै

आइतबार, २५ चैत २०८०, १० : ५८
आइतबार, २५ चैत २०८०

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनको शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन र निर्वाचन कानुनबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ११ बजेपछि गृहमन्त्री लामिछानेसँग छलफल राखिएको बताए ।

‘उपनिर्वाचनको शान्ति सुरक्षा र निर्वाचन कानुनबारे छलफलका लागि आज आयोगले गृहमन्त्रीसँग छलफल गर्दैछ’, प्रमुख थपलियाको भनाइ छ । उनका अनुसार उपनिर्वाचनको अवस्था, आचारसंहिताको कार्यान्वयनका सम्बन्धमा विशेष छलफल हुनेछ । वैशाख १५ गते इलाम २ र बझाङ प्रदेशसभाका लागि हुने निर्वाचनमा चैत २८ गतेबाट निर्वाचन आचार संहिता लागु हुँदैछ ।

आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्ने बताउँदै आएको छ । निर्वाचन आचारसंहिता उपनिर्वाचन हुने जिल्लामा मात्र लागु गर्ने आयोगको तयारी छ । यो बाहेक आयोगले विदेशमा बस्ने नेपालीको मताधिकारका बारेमा समेत छलफल गर्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप