बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बारुद बनाउन प्रयोग गरिने सामग्रीसहित एक जना पक्राउ

आइतबार, २५ चैत २०८०, १४ : ३४
आइतबार, २५ चैत २०८०

झापा । झापाको मेचीनगर नगरपालिका-१ सारूगोडाबाट बारुद बनाउन प्रयोग गरिने सामग्रीसहित प्रहरीले एक जना पक्राउ गरेको छ । सोडा ३ किलो ४२ ग्राम र गन्दक ४ सय ६८ ग्रामसहित सोही नगरपालिका-१ देवीगंज बस्ने ६० वर्षीय श्रीप्रसाद हुमागाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  हो । 

प्रहरी चौकी तिरीङखोलाबाट खटिएको प्रहरीले भारतको नक्सालबारीबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त सोडा र गन्दकसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप