शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हलिउड जान चाहँदैनन् रणवीर कपुर

आइतबार, २५ चैत २०८०, १६ : ०८
आइतबार, २५ चैत २०८०

नयाँ दिल्ली । रणवीर कपुरलाई बारम्बार सोधिने एउटा प्रश्न उनको हलिउड डेब्यू पनि हो । हालै एउटा अन्तर्वार्ता रणवीर कपुरले आफू हलिउडमा नजाने बताएका छन् । 

हलिउड फिल्ममा खेल्नुको सट्टा भारतीय सिनेमामा योगदान दिन चाहने उनको भनाई थियो । आफू हिन्दी भाषामा सहज भएको पनि उनले बताए ।

गत वर्ष रिलिज भएको फिल्म ‘एनिमल’ रणवीर कपुरको करियरमा माइलस्टोन फिल्म साबित भयो । चलचित्रले बक्स अफिसमा शानदार कमाई गर्‍यो । सन्दीप रेड्डी वाङ्गाको निर्देशनमा बनेको यो फिल्ममा रणवीर कपूर विल्कुल फरक भूमिकामा देखिएका थिए । फिल्ममा रणवीर कपुरको पात्रलाई ‘डोमिनेटिङ’ पनि भनिएको थियो । फिल्म र रणवीरले निर्वाह गरेको पात्र दुबैले निकै आलोचना खेप्नु पर्‍यो । तर पनि फिल्मलाई विश्वभरनै दर्शकहरूले मन पराए ।

एनिमलको सफलतापछि रणवीर कपुरलाई प्रायः सोधिने प्रश्न हलिउडमा उनको डेब्यू हो । तर रणवीर कपुर भने बलिउड फिल्ममा मात्रै आफूलाई सहज ठान्छन् । ‘म बलिउडमा आफ्नो नाम बनाउने प्रयासमा छु । मलाई लाग्छ किसाँच्चै संसारभर आफ्नो लागि नाम बनाउन चाहने हो भने आफ्नो संस्कृति र चरित्रअनुसार गर्नुपर्छ,’ रणवीर कपुरले भनेका छन् ।

आजभोलि रणवीर कपुर निर्देशक नितिश तिवारीको फिल्म ‘रामायण’को कारण चर्चामा छन् । यो चलचित्रको छायांकन सुरु भइसकेको छ । यस फिल्ममा रणवीर कपुर भगवान् रामको भूमिकामा देखिनेछन् । यसबाहेक उनले निर्माता निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘लभ एन्ड वार’मा पत्नी आलिया भट्टसँग पनि स्क्रिन सेयर गर्ने छन् । ‘एनिमल’को सिक्वेल ‘एनिमल पार्क’को पनि तयारी भइरहेको छ । फिल्म ‘स्पिरिट’को छायांकन सकिएपछि सन्दीप रेड्डी वांगाले ‘एनिमल पार्क’ मा काम सुरु गर्ने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप