गुल्मीको रूरू गाउँपालिकामा ट्रक दुर्घटना हुँदा ५ घाइते
गुल्मी- गुल्मीको रुरु गाउँपालिकामा शनिबार ट्रक दुर्घटना हुँदा ५ जना गम्भीर घाईते भएका छन् । रिडीबाट वलेटक्सार तर्फ वालुवा लिएर आउँदै गरेको लु २ ख १८८ नम्वरको ट्रक पानी ट्याङकी भन्ने स्थान भन्दा केहि माथी सडकबाट करिव सय मिटर तल खस्दा ५ जना गम्भीर घाईते भएको गुल्मी प्रहरीले जनाएको छ ।
घटना स्थलमा पुगेका श्रृङ्गा प्रहरी चौकीका असाई मुक्ति पुनले दिएको जानकारी अनुसार गुल्मी दरवार गाउँपालिका राज भन्ने स्थानका चालक अन्दाजी ४८ वर्षिय रनबहादु ढेंगा, छत्रकोट– ४ अगहा वजारका क्रमशः अन्दाजी ४८ वर्षिया तेजकुमारी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, विमला श्रेष्ठ र अर्घाखाँची वलकोट –२ का अन्दाजी ७५ वर्षिय दिलमान श्रेष्ठ गम्भीर घाईते भएका हुन् ।
घाईते पाँचै जनालाई पाल्पाको लुम्विनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको असई पुनले जानकारी दिए । ट्रक करिव सय मिटर तल खसेको छ । दुर्घटनाको कारण अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’
-
साहित्यकार शर्माको निधन
-
रातोपाटी समाचार प्रभावः विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
सुडानमा प्राकृतिक स्रोतको दोहनले गृहयुद्ध लम्ब्याइरहेको संयुक्त राष्ट्र सङ्घको निष्कर्ष
-
बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु
-
प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण