कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
विराटनगर। एमाले र कांग्रेस गठबन्धनबिच देखिएको खटपटको असर कोशी प्रदेश सरकारमा पनि देखिने भएको छ ।
बुधबार सुदूरपश्चिम प्रदेशमा आफ्ना मन्त्री बर्खास्तीमा परेसँगै कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन एमालेले फिर्ता भएको छ । उता, कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीहरूले एमाले नेतृत्वको सरकारबाट राजीनामा दिएका छन्।
कर्णाली र सुदूरपश्चिममा देखिएको गठबन्धनको खटपट देखिएपछि कोशी सरकार फेरबदलको चर्चा पनि सुरु भएको छ।
यसका साथै कांग्रेसले कोशी प्रदेश सरकारबाट एमालेसँगको समीकरणबारे निर्णय लिन भोलि ११ बजेका लागि संयन्त्रको आकस्मिक बैठक बोलाएको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले दलको नेता उद्धब थापाले भोलीका लागि बैठक बोलाएको जानकारी दिए।
‘भोलि ११ बजे विराटनगरको बरगाछीस्थित पार्टी कार्यालयमा संयन्त्रको बैठक बोलाइएको छ,’ तामाङले भने, ‘११ बजेपछि तपाईंहरू सबैले निर्णय थाहा पाउनु हुनेछ ।’
बैठकमा दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतक, पार्टीका महामन्त्री सहभागी हुनेछन् । ‘अहिलेसम्म केन्द्रको केहि निर्देशन आएको थाहा छैन,’ तामाङले भने ‘तर भोलि कार्यदलको बैठक भने बोलाइएको छ । केहि निर्णय आउन सक्छ ।’
दलका उपनेता हिमाल कार्कीले कर्णाली र सुदूरपश्चिमको हावा कोशीमा पनि आउने बताए। ‘केन्द्रले निर्णय गरेको हो भने त्यो यहाँ पनि पालना हुन्छ,’ कार्कीले भने, ‘उताको हावा यता पनि आउने नै देखिन्छ।’
कांग्रेसको कार्यदलमा सिनियर नेताहरू अमृत अर्याल, गयानन्द मण्डल र सरकारको नेतृत्व गरिरहेका प्रदीप सुनुवार लगायतका नेताहरूको उपस्थिति रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
-
चीनको आर्थिक वृद्धि तीन वर्षयताकै न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण