शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर र चितवनमा दुई जना मृत फेला

आइतबार, २५ चैत २०८०, १८ : १५
आइतबार, २५ चैत २०८०

काठमाडौँ । पछिल्लो २४ घण्टामा भक्तपुर र चितवन जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार कुटुटोलस्थित गणेश मन्दिरको प्राङ्गणमा सालनाल सहितको नवजात बालिका शिशुको शव आइतबार फेला परेको हो । 

त्यस्तै चितवनको भरतपुर महानगरपालिका-२७ सिसवारस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप