सार्वजनिक जीवनका पक्षमा अफगान महिलाहरूको अर्थपूर्ण सहभागिताको आवश्यकतालाई जोड दिँदै राष्ट्रसङ्घ
काबुल । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक जीवनका सबै पक्षमा अफगान महिलाहरूको सशक्त र सक्रिय सहभागिताको आवश्यकतामा जोड दिएको खामा प्रेसले बताएको छ ।
राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का उप–संयोजक इन्द्रिका रतवाटेले लैङ्गिक समानता र अफगान महिला तथा युवतीहरूको अधिकारका लागि संयुक्त राष्ट्रसङ्घको दृढ प्रतिबद्धतामा जोड दिइन् ।
“राष्ट्रिय सुरक्षा परिषद्ले लैङ्गिक समानता र अफगानिस्तानमा महिला तथा युवतीहरूको अधिकार, उनीहरुका लागि सुरक्षित ठाउँको सृजना, सार्वजनिक जीवनका सबै पक्षमा उनीहरूको अर्थपूर्ण र सक्रिय सहभागिताको समर्थनमा राष्ट्रसङ्घ प्रतिबद्ध छ”, राष्ट्रसङ्घले आफ्नो प्रतिवेदनमा भनेको छ ।
ओसिएचएको प्रतिवेदनअनुसार अफगानिस्तानमा सहायता वितरणका लागि आवश्यक बजेटको छ प्रतिशत मात्र खर्च भएको खामा प्रेसले जनाएको छ ।
रतवाटेले अफगानिस्तानमा लैङ्गिक समानता र महिलाहरूको अधिकारका लागि राष्ट्रसङ्घको समर्थनमा जोड दिँदै बजेट कटौतीप्रति गहिरो चिन्ता व्यक्त गरिन् ।
अफगानिस्थानमा प्रभावितमध्ये ९० प्रतिशत महिला तथा बालबालिकाका लागि सुरक्षित स्थानहरूको निर्माणका लागि राष्ट्रसङ्घको विशेष ध्यान रहेको रतवाटेले बताइन् ।
उनले अफगानिस्तानमा महिलाहरूको सहयोगका सन्दर्भमा सांस्कृतिक संवेदनशीलतालाई जोड दिँदै उनीहरूका लागि निरन्तर सहयोगको आवश्यकताका लागि आह्वान गरिन् ।
“म अफगानिस्तान आइरहेको २० वर्षभन्दा बढी भइसक्यो । यहाँ मेरा प्रिय साथीहरू छन् । यो देशले सधैँ मेरो हृदयमा विशेष स्थान राखेको छ । मलाई विश्वास छ कि हामी अफगानिस्तानका जनताका हकका लागि सहयोग गर्न सक्छौँ । म यस प्रयासमा पूर्णरूपमा प्रतिबद्ध छु”, रतवाटेले भनिन् ।
सन् २०२१ मा तालिबानले अफगानिस्तानमा महिलाहरूका लागि शिक्षा र कामलाई निलम्बन गरेपछि निजी क्षेत्र र व्यापारमा अन्तर्राष्ट्रिय समर्थनस्वरूप राष्ट्रसङ्घको यो भनाइ आएको हो । -(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण