आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख र शीर्ष नेताबिच छलफलको समय सर्‍यो

सोमबार, २६ चैत २०८०, ०९ : २८
सोमबार, २६ चैत २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरे र शीर्ष नेताबिच छलफलको समय सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्कन समय लाग्ने भएपछि सोमबार बिहान साढे १० बजेलाई तय भएको सभामुख र शीर्ष नेताबिच छलफलको समय सरेको सभामुखको सचिवालयले जनाएको हो । 

‘साढे १० बजेको समय सरेर दिउँसो २ बजे पुगेको छ,’ सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । संसद्मा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । उसले यसअघिको बैठकमा समिति गठन नभए सदन चल्न नदिने चेतावनी दिएको थियो । 

प्रमुख प्रतिपक्षको चेतावनीबिच सभामुखले प्रधानमन्त्री प्रचण्डसहित चार दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् । सभामुखसँगको छलफलमा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप