एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित भएका छन् । जिल्ला नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा आचार्यले दुई सय २९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षका अन्य तीन जना प्रत्याशीहरू चेतनाथ सञ्जेलले एक सय ५४ मत, दिनेश कार्कीले ८१ मत र सुवर्ण श्रेष्ठले ९ मत प्राप्त गरे । यही चैत २३ गतेदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशनमा नेतृत्व चयनमा सहमति नभएपछि आज निर्वाचन भएको हो ।
त्यस्तै पदाधिकारीतर्फ उपाध्यक्षमा मञ्जली शाक्य, सचिवमा राम राउत, उपसचिवमा प्रभाकर थापा र आशा राई निर्वाचित भएका छन् ।
उपाध्यक्षमा शाक्यले एक सय ७३ मत प्राप्त गरेका थिए । शाक्यका निकटतम प्रतिद्वन्द्वी हरिगोविन्द श्रेष्ठले एक सय १५ मत प्राप्त गरे । कूल चार सय ७८ मतदातामध्ये चार सय ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण