कांग्रेस सचेतक थिङ : रवि लामिछानेलाई दण्ड दिनुपर्छ कि पर्दैन ?
काठमाडौँ । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउन माग गरेकी छिन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै थिङले सूर्यदर्शन सहकारी लगायत ६ वटा सहकारीबाट करिब १ अर्ब गोर्खा मिडिया कम्पनीमा लगेको र सो रकम लान पाउँछ कि पाउँदैन, सो काम गर्नेलाई दण्ड दिनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गरिन् ।
उनले गोरखा मिडिया प्रालिको सञ्चालक समितिमा रहेका रवि लामिछानेलाई दण्ड हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेकी थिइन् । थिङले भनिन्–‘रवि लामिछाने भएको ठाउँमा अरू जो कोही भएको भए पनि अनुसन्धान हुन्थ्यो होला, कानुन लाग्थ्यो होला । रवि लामिछाने भएको कारणले अनुसन्धान रोकिने ? यो कस्तो सरकार हो ? सरकार जबाफदेही हुनुपर्छ कि पर्दैन ?’
उनले नेपाली कांग्रेसको संसदीय दलको बैठकको निर्णय समेत बैठकमा वाचन गरेर सुनाइन् । उनले विगतका दिनदेखि संसद्मा ध्यानाकर्षण गराउँदा पनि संसदीय छानबिन समिति नबनाएको भन्दै बैठक अवरोध गर्ने बताइन् । सोहीअनुसार कांग्रेसले मंगलबार प्रतिनिधिसभा बैठक अबरुद्ध पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण