शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस सचेतक थिङ : रवि लामिछानेलाई दण्ड दिनुपर्छ कि पर्दैन ?

मङ्गलबार, २७ चैत २०८०, १३ : २९
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउन माग गरेकी छिन्  । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै थिङले सूर्यदर्शन सहकारी लगायत ६ वटा सहकारीबाट करिब १ अर्ब गोर्खा मिडिया कम्पनीमा लगेको र सो रकम लान पाउँछ कि पाउँदैन, सो काम गर्नेलाई दण्ड दिनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गरिन् । 

उनले गोरखा मिडिया प्रालिको सञ्चालक समितिमा रहेका रवि लामिछानेलाई दण्ड हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेकी थिइन् । थिङले भनिन्–‘रवि लामिछाने भएको ठाउँमा अरू जो कोही भएको भए पनि अनुसन्धान हुन्थ्यो होला, कानुन लाग्थ्यो होला । रवि लामिछाने भएको कारणले अनुसन्धान रोकिने ? यो कस्तो सरकार हो ? सरकार जबाफदेही हुनुपर्छ कि पर्दैन ?’

उनले नेपाली कांग्रेसको संसदीय दलको बैठकको निर्णय समेत बैठकमा वाचन गरेर सुनाइन् । उनले विगतका दिनदेखि संसद्मा ध्यानाकर्षण गराउँदा पनि संसदीय छानबिन समिति नबनाएको भन्दै बैठक अवरोध गर्ने बताइन् । सोहीअनुसार कांग्रेसले मंगलबार प्रतिनिधिसभा बैठक अबरुद्ध पारेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप