संसद् बैठक
सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित
मङ्गलबार, २७ चैत २०८०, १४ : ११
काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
त्यसपछि उनले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । प्रमुख सचेतकसँग बिहान बसेको बैठक र संसद् बैठक स्थगित गरेर बसेको दुवै बैठकमा सहमति नजुटेपछि बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेर संसद् अवरोध गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण